पछिल्लो २४ घण्टामा ३०७५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

८ पुस, काठमाडौं । पछिल्लो २४ घण्टामा ३०७५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन गरी १३ हजार ३६ वटा नमुना परीक्षणमा ३०७५ मा संक्रमण पुष्टि भएको हो ।

कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको छ । त्यस्तै २७८ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । देशभर सक्रिय संक्रमितको संख्या ११ हजार ६९० पुगेको छ ।

काठमाडौं उपत्यकामा थप १५३८ जनालाई को’रोना संक्रमण पुष्टि

आज काठमाडौं उपत्यकामा थप १५३८ जनालाई को’रोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा. संगिता कौशल मिश्राका अनुसार काठमाडौंमा १ हजार १२८, भक्तपुरमा १३४ र ललितपुरमा २३६ जनालाई संक्रमण पुष्टि भएको छ ।

त्यस्तै नेपालमा पछिल्लो २४ घन्टामा ३०७५ जनालाई को’रोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रलायका अनुसार देशका विभन्न प्रयोगशालामा गरिएको परिक्षणमा उक्त संखामा संक्रमित थपिएका हुन् ।मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन परीक्षणबाट ३०७५ जनामा को’रोना पुष्टि भएको छ ।

यस अवधिमा १३ हजार ३६ परीक्षण भएको छ । २४ घण्टामा २७८ जना को’रोनामुक्त भएका छन् । कोरोनाबाट मृ’त्यु हुनेको संख्या २ छ । २४ घण्टाको पीसीआर परीक्षणमा पोजेटिभ रिपोर्ट देखिनेदर २७ प्रतिशत रहेको छ ।

प्रतिक्रिया दिनुहोस