बलिउड अभिनेता शाहरुख खानको सार्वजनिक भयो यस्तो तस्बिर, तस्बिर सामाजिक सञ्जालमा भाइरल हुँदै!

टिभीमा प्रसारण हुने चार्चिता शो तारक ‘तारक मेहत का उल्टा चश्मा’ मानिसहरु बिचमा निकै चर्चित बनेको छ । टिभीमा आउने शोहरु मध्य सबैभन्दा धरै समयसम्म आउने शो हो । यति बेला यस शोमा देखिने हरेक पात्र हरेकको घर-घरमा लोकप्रिय छन्।

शोको मुख्य पात्र जेठालाललाई निकै मन पराइएको छ भने बबिता जीसँगको उनको सम्बन्धको पनि निकै प्रशंसा गरिन्छ । बबिताको भूमिकामा अभिनेत्री मुनमुन दत्ता छिन् । मानिसहरु बिचमा उनको लोकप्रियता निकै पाउन सकिन्छ । अहिले मुनमुनको एउटा तस्बिर सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ।

यी तस्बिरलाई तारक मेहताको फन पेजमा सेयर गरिएको छ । तस्बिरमा देख्न सकिन्छ बलिउड अभिनेता शाहरुख खान हस्पिटलको बेटमा सुतिरहेका छन् । त्यस समयमा शाहरुख खानको छेउमा मुनमुन दत्त नर्सको गेट-अपमा उनको छेउमा देख्न सकिन्छ । मुनमुन शाहरुखसँग क्यामेराको अगाडि पोज दिँदै देखिएकी छिन् । शाहरुखलाई आफ्नो अगाडि देखेर उनी निकै खुसी देखिन्छिन् ।

वास्तवमा यो तस्बिर एक पेनको विज्ञापनको पुरानो तस्बिर हो । यसमा दुवैले सँगै काम गरेका छन् । विज्ञापनमा शाहरुखले बिरामीको भूमिका निभाएका छन् भने मुनमुन नर्स बनेकी छन् । खुट्टाको हड्डी भाँचिएको कारण शाहरुख बेडमा सुतेका छन् । मुनमुन किङ खानको खुट्टामा टाँसिएको प्लास्टरमा कलम लगाएर हस्ताक्षर गरिरहेको देखिन्छ ।

मुनमुन दत्ता शाहरुख खानको ठुलो फ्यान हुन् । शाहरुखले तारक मेहता का उल्टा चस्माको सेटमा धेरै पटक आफ्नो फिल्मको प्रमोसन गरेका छन्। यति बेला शाहरुख र मुनमुन यो तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस