बिहेको १४ बर्षपछि अत्याधिक शारीरिक सम्पर्कको लत भन्दै श्रीमती अदालत पुगेपछि…

काठमाडौं । सम्बन्धविच्छेद गर्नका लागि दुनियाँमा धेरै कारण हुन्छन् । तर एक जना महिला आफ्ना श्रीमानको शारीरिकसम्पर्कको लतबाट विचलित भएर अलग हुन खोजिरहेको खबर बाहिर आएको छ ।

आफ्ना श्रीमानको उक्त हर्कतबाट हैरान भएकी एक महिलालाई अहिले मृत्युको डरले सताइरहेको छ । श्रीमानको अत्याधिक शारीरिकसम्पर्क लतबाट डराएकी महिलाले अहिले न्यायाधीशसँग सम्बन्ध विच्छेदका लागि अदालतमा बिन्ती गर्दै छिन् ।

महिलाले न्यायाधीशसमक्ष बिन्ती गर्दै भनेकी छिन्, ‘यदि मैले सम्बन्धविच्छेद नगरेको खण्डमा श्रीमानले शारीरिकसम्पर्क राखेरै मलाई मार्नेछन् ।’

सबैभन्दा अचम्मको कुरा के छ भने महिलाको विवाह भएको १४ वर्ष भइसकेको छ । उनीहरुका तीन सन्तान छन् । तर विवाह भएको यति वर्ष बितिसक्दा पनि श्रीमानको शारीरिकसम्पर्क लत घट्नुको सट्टा बढ्दै गएको महिलाले बताएकी छन् ।

उनी श्रीमानको उक्त व्यवहारबाट थकित छिन् । महिलाले अदालतमा दायर गरेको निवेदनमा श्रीमानको अत्यधिक शारीरिकसम्पर्क नै उनको मृत्युको कारण बन्ने उल्लेख गरिएको छ । यो समस्या नेपालमा भने देखिएको होईन् । अफ्रिकी देश नाइजेरियामा एक महिलाले यस्तो गुनासो गरेकी हुन् ।

अखबार ‘प्रिमियम टाइम्स नाइजेरिया’का अनुसार उक्त महिलाको नाम ओलामिदी लावल हो । उनले आफ्नो पतिसँग सम्बन्धविच्छेदको लागि त्यहाँको अदालतमा निवेदन दिएकी छिन् ।

महिलाका श्रीमानको नाम शहिद लवल रहेको समाचारमा उल्लेख छ । जानकारी अनुसार उनको मादक पर्दाथ सेवन गर्ने बानी छ । अखबारका अनुसार ओलामिदी महिला नाइजेरियाको इबादान क्षेत्रकी बासिन्दा हुन्, उनले आफ्नो पतिमाथि धेरै गम्भीर आरोप लगाएकी छिन् ।

अदालतमा परेको निवेदनमा महिलाले श्रीमान् ‘राक्षस’ भएको आरोप लगाएकी छन् । महिलाले आफ्नो निवेदनमा श्रीमानमा धेरै मादक पदार्थ पिउने मात्रै नभएर मानवता नामको कुनै चिज पनि नरहेको लेखेकी छिन् ।

उनका श्रीमान् साहिदले दिनको अधिकांश समय मादक पर्दाथ पिएर शारीरिकसम्पर्कमा बिताउने गरेका थिए ।

शारीरिकसम्पर्क गर्न श्रीमतीले अस्वीकार गरेमा उनले नराम्ररी कुटपिट गर्ने गरेको पनि उजुरीमा उल्लेख छ । महिलाले आरोप लगाएकी छन् कि शाहिदले बच्चाहरूलाई एक पल पनि समय दिने गरेका छैनन् । उनी सधैं शारीरिकसम्पर्क गर्न चाहन्छन् । त्यसैले ती महिलाले कुनै पनि हालतमा श्रीमानसँग सम्बन्धविच्छेद गर्न चाहेकी छिन् । निवेदनमा उनले एक पल पनि श्रीमानसँग बस्न नचाहेको स्पष्ट पारेकी छिन् ।

श्रीमानको अनुहार देखेर मात्रै डराउने भएकाले अदालतसँग तत्काल श्रीमानलाई फ्ल्याटमा आउन नदिन माग गरेकी छिन् । महिलाले अदालतमा दिएको निवेदनमा श्रीमान आफूकहाँ आउन नहुने माग गरिएको छ ।

उनका पति शारीरिकसम्पर्क बाहेक अरु काम नगर्ने भएकाले घर चलाउन समस्या भइरहेको पनि उनले बताइन् । तर, उनका श्रीमानले श्रीमतीसँग अलग भएर बस्न नचाहेको भन्दै अर्को निवेदन दिएका छन् । अदालतमा दिइएको निवेदनमा उनले मदिरा सेवन गर्न छाडेको दाबी गरेका छन् ।

अदालतमा सुनुवाइका क्रममा महिलाका पति साहिदले आफूलाई श्रीमतीबाट अलग राख्न नहुने बताएका हुन् । आरोपित श्रीमानले आफ्नी श्रीमती ओलामिडेसँग बस्न चाहेको बताएका छन् ।

आफ्नी श्रीमतीसँग बस्नका लागि अदालतले श्रीमतीलाई सम्झाएर वातावरण निर्माण गर्नुपर्ने उनको बुझाई रहेको छ । आरोपित पति साहिदले अदालतमा आफूले मादक पदार्थ पिउन छोडेको दाबी गरेका छन् । यससँगै आरोपी श्रीमानले शारीरिकसम्पर्कका लागि श्रीमतीलाई दुःख दिएको आफ्नो कार्यप्रति दुःख व्यक्त समेत गरेका छन् ।

आरोपित पति साहिदले अदालतमा आफ्नो कार्यप्रति पश्चाताप गरेका हुन् । आरोपी शाहिदले अदालतमा आफूले गरेको कामबाट पछुताएको र मादक पदार्थ पिउन छोडेको बताए । शाहिदले अदालतलाई आफ्ना छोराछोरीलाई खुवाउन आफ्नी श्रीमतीलाई पैसा दिन तयार भएको जवाफ फर्काए ।

अभियुक्त शाहिदले अदालतमा आफू पेशाले फेसन डिजाइनर भएको उल्लेख छन् । यसैबीच अदालतले श्रीमान्–श्रीमती दुवैको बहस सुनेर १ मार्चसम्म फैसला स्थगित गरेको छ ।

दम्पतीलाई शान्तिपूर्वक सँगै बस्न भनिएको छ । योसँगै ओलामाइडको यो टनाले विश्वभर निकै चर्चा पाइरहेको छ । रोचक कुरा के हो भने यो यस प्रकृतिको नयाँ घटना होईन । यसअघि पनि यस्ता प्रकारका घटनाहरू बाहिर आइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस