म’रि’स’केकी छोरी जसको अन्तिम संस्कार पनि बाबु आमाले गरिसकेका थिए त्यही छोरीलाई अचानक आफ्नै आगाडी देख्दा

एजेन्सी । सन् २०११ मा भारतको गोरखपुर शिखा दुबे न’र सं हारले जिल्लामा हलचल भयो । जसलाई सबैले मृत्यु भइसकेको सम्झेका थिए उनी आफ्नो प्रेमीसंग थिइन् ।

गोरखपुरमा उनका बुबाले अर्की महिलाको शवलाई छोरीको भनेर अन्तिम संस्कार पनि गरे । तर एक दिन जब शिखा अगाडि आइन्, बुबा राम प्रकाश दुबेले उनलाई देखेर रोए र उनको गाला छुने कोशिस गरे । तर उनले भने छोरी जिवत त रैछ तर मेरो लागि भने जिवित छैन ।

शिखाले आफ्नो मृ’त्युको यो’जना यसरी बनाएकी थिईन्-यो ११ जुन २०११ को हो। गोरखपुर सिंघाडियामा एक युवतीको शव भेटियो। उनको उचाई र उमेरले शिखासंग मिल्थ्यो । शिखाको बुवालाई बोलाइयो, परिवारका सदस्यहरु, आफन्तहरु पनि भेला भए, सबैले विश्वास गरे कि शरीर शिखाको हो। यस बखत बुबा राम प्रकाश दुबेले छिमेकीलाई घटनामा जिम्मेवार ठानेर प्रहरीमा उजुरी दिएका थिए ।

जब प्रहरीले अनुसन्धान गर्न पुगे, थाहा पाए कि उनका छिमेकी दीपु पनि घरबाट हराइरहेको छन् । अनुसन्धानको क्रममा पुलिसले खबर पाए दीपू सोनभद्रमा छन् ।

सोनभद्र पुग्ने बित्तिकै पुलिसले अर्को अचम्मको दृष्य देख्यो । दीपुसंगै अन्तिम संस्कार गरीसकेकी शिखा पनि संगै थिइन् ।प्रहरीले दुबैलाई पक्राउ गरी गोरखपुर ल्यायो।

यहाँ आएर शिखाले यस्तो कथा सुनाई कि पुलिस समेत छक्क परे। उनले छिमेकी दीपू यादव (२६) लाई प्रेम गर्थिन । तर उनलाई परिवारले आफ्नो प्रेम स्वीकार गर्छन भन्ने लागेन ।

त्यही भएर उनीहरुले एउटा योजना बनाए । दुबैले निर्णय गरे कि शिखा जस्तै उचाई भएकी एक युवतीको खोजी गर्ने र उनलाई सि ध्या इदिने त्यसलाई शिखाको पहिचान दिने ।

दीपूको साथी सुग्रीव ३५ वर्षका पनि यस योजनामा सामेल भए । जो एक यातायात व्यवसायी थिए। उहाँ प्रायः सोनभद्र जिल्ला भ्रमण गर्थे । उनले एक जना पुजा भन्ने युवतीलाई चिन्थे । जसको उचाई र शरिरको बनोट शिखासंग मिल्थ्यो ।

दीपू र सुग्रीवले उनलाई ३ हजार रुपैयाँको रोजगारीको बहानामा पुजालाई गोरखपुर ल्याए। जंगलमा पुगेपटि पुजालाई दिपाले घरवाट हिड्दा लगाएको लुगा लगाउन दिइयो । शिखाले लगाउने माला पनि लगाइदिए । अनि उनलाई मा रि दिए । पुजाको अनुहार पहिचान गर्न नसकिने बनाईदिए ।

कपडा र शरिरको वनोटको आधारमा शिखाको वुवाले पुजाको शवलाई आफ्नो छोरीको हो भन्ने ठानेर अन्तिम संस्कार गरे । शिखा र दिपु दुवैलाई अदालतले दुबैलाई जमानतमा रिहा गरियो र जे लबाट बाहिर आएपछि दुबै छुट्टै विवाह गरेर अर्कै संसारमा बसोबास गरे। अहिले अदालतमा मु द्दा भने चलिरहेको छ

प्रतिक्रिया दिनुहोस