गेस्ट हाउसमा बसेर पशुपतिनाथ मन्दिरमा यस्तो गर्ने एक भारतीय जोडी पक्राउ

काठमाडौ । मन्दिर आसपासको गेष्ट हाउसको कोठा भाडामा बस्ने र मन्दिरमा डुलेर पकेट मा र्ने एक जोडी भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुले नेपालका विभिन्न प्रशिद्ध तिर्थस्थलमा यस्तै गर्दै आएका थिए । पछिल्लो पटक उनीहरु पशुपतिनाथ मन्दिर परिसरबाट पक्राउ परेका हुन् । चोरी गर्न कै लागि गेष्ट हाउसमा कोठा लिएर बस्ने गरेका थिए ।

भारतीय नागरिक एक महिला र एक पुरूष गरी दुई जनालाई प्रहरीले शनिबार नियन्त्रणमा लिएको हो। २६ वर्षका गोपाल अग्रवाल र १८ वर्षकी मुस्कान गुप्तालाई प्रहरीले पक्राउ गरेको छ।

उनीहरू भारतीय नागरिक हुन्। पक्राउ परेकाहरूसँग सोधपुछ गर्दा यसअघि मनकामना र पोखरालगायत ठाउँमा बसेर पनि पाकेटमार गर्ने गरेको उनीहरूले स्वीकार गरेको प्रहरीको भनाइ छ।

उनीहरू पशुपतिनाथ परिसरभित्र पाकेटमार गर्ने र जयबागेश्वरीस्थित सित्तला गेस्ट हाउसमा बस्ने गरेको खुलेको प्रहरीले जानकारी दिएको छ। उक्त गेस्ट हाउसको १०८ कोठामा उनीहरू बस्ने गर्दथे।

उक्त कोठा चेकजाँच गर्दा मोबाइललगायत सामान बरामद भएको र उनीहरूलाई थप अनुसन्धानका लागि गौशाला प्रहरीमा राखिएको छ। उनीहरूको साथबाट आइफोनसहित ५ थान मोबाइल बरामद भएको छ। उनीहरूको साथबाट ४२ हजार नगद पनि बरामद गरिएको प्रहरीले जानकारी दिएको छ। साथै पर्स दुई थान, चक्कु एक थान पनि बरामद भएको छ।

यो पनि :यो हो करोडपति परेवा जसको नाममा सयौं बिघा जमीन र लाखौँ नगद ?
मानिसको नाममा लाखौं करोडौंको सम्पत्ति हुनु अनौठो होइन । तर जनावर तथा चराचुरुंगीको नाममा करोडौंको सम्पत्ति हुनु चाहीँ आश्चर्य नै हो । यस्तै आश्चर्य छिमेकी मुलुक भारतमा छ । त्यहाँ करोडपति परेवाहरू छन् ।

पत्यार नलाग्न सक्दछ, तर ती परेवाहरू यति धनी छन् कि उनीहरूको नाममा दर्जनौं पसलहरू, सयौं बिघा जमिन र लाखौँ रुपैयाँ नगद सम्पत्ति छ । राजस्थानको नागौर जिल्लास्थित जसनगर गाउँमा ती परेवाहरूको नाममा करोडौं रुपैयाँको सम्पत्ति छ ।

परेवाको नाममा २७ वटा पसल, १२६ बिघा जमीन र बैंक खातामा ३० लाख भारु मौज्दात छ । यतिमात्रै होइन ती परेवाहरूको नाममा १० बिघा जमीनमा सञ्चालित ४७० वटा गाई रहेको गौशाला पनि रहेको छ । वास्तवमा ४० वर्षअघि पूर्वसरपञ्च रामदीन चोटियाको निर्देशनमा दुई उद्योगपतिहरूले उक्त परेवा कोषको स्थापना गरेका थिए ।

परेवाको संरक्षण तथा नियमित दानापानीको व्यवस्थाका लागि गाउँमा २७ वटा पसल सञ्चालन गरेर ती पसल पनि परेवाकै नाममा गरिदिएका छन् । त्यहीँ कमाइबाट कोषले पछिल्लो ३० वर्षदेखि दैनिक तीन बोरा चारो परेवालाई खुवाउने गरेको छ ।

कोषले दैनिक करीब चार हजार भारु खर्च गरेर तीन बोरा धान परेवालाई खुवाउने गर्दछ । गौशालाका गाईका लागि पनि दानापानीको व्यवस्था कोषले गर्दछ ।

पसलको भाडा, दूध बिक्री तथा कृषि भूमिको भाडाबाट हुने आय पनि परेवा कोषमा दाखेल गरिन्छ । परेवा संरक्षण तथा पालनमा हुने खर्च कटाएर बाँकी रकम बैंकमा राखिएको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस