युवा अवस्थामा विछोडिएको प्रेम, छोराछोरीको बिहेमा सम्धि र सम्धिनी बन्नै लाग्दा भेटभएपछि…….

जेन्सी । भारतको गुजरातस्थित सुरतमा छोराको बिहे चलिरहेकै बेला हुनेवाला बुहारीकी आमालाई छोरोको बाबुले भगाएका छन् । छोरीलाई अन्माएर पठाउने घरमा दुलहीकी आमा आफै हुनेवाला सम्धिसंग भागेकी छन् । यो खबर यतिबेला सोशल मिडियामा निकै नै भाइरल बनिरहेको छ ।

हुनेवाला दुहाला र दुलहीकी आमाबीच युवा अवस्था हुँदादेखि नै प्रेम सम्बन्ध थियो । आखिर माया त माया नै हो नि । एकअर्कासंग प्रेम गर्दागर्दै पनि उनीहरुको विबाह अर्कैसंग भएको हुनाले उनीहरुको प्रेम अधुरो नै भएको थियो । र त्यही अधुरो प्रेमलाई उनीहरु कुनैपनि हालतमा पूरा गर्न चाहान्थे ।

जब उनीहरुको अर्कैसंग बिहे भयो त्यसपछि उनीहरुले एकअर्कालाई कहिल्यै भेट्न पाएनन् । उनीहरुको भेट तब भयो जब उनीहरुको छोराछोरीको बिहेको कुरा चल्यो । सोही भेटमा नै उनीहरुले आफ्नो पुरानो दिनको सम्झना गरे र अन्ततः त्यही आफ्नो अधुरो प्रेमलाई पुरा गर्ने निर्णय गरेर बुढेसकालामा समाज, इज्जत र छोराछोरी कसैको पनि परवाह नगरीकनै एकअर्काको हात समातेर भागे ।

यो समयमा दुलाहाका बाबुको उमेर ४८ वर्षको छ भने दुलहीकी आमाको उमेर ४६ वर्ष को छ । छोराछोरीको बिहेको तयारी चलिरहंदा आमा बाबु नै भागेपछि छोराछोरीको बिहे रोकिएको छ । दुलहा दुलहीको इन्गेजमेन्ट १ वर्ष अगाडि भएको थियो । दुलहीका परिवारले यो घटना प्रहरी स्टेशनमा उजुरी दर्ता गराएको छ ।

यो पनि :आफ्नै छोरी हाकिम भएर आएपछि एक प्रहरी अधिकृतले छोरीलाई सलाम गरेको तस्वीर भाइरल, यस्तो छ वास्तविकता

भारतमा अहिले एक तस्वीर खुव सेयर भै रहेको छ । उक्त तस्वीरमा एक बाबु आफ्नी छोरीलाई सलाम गरिरहेका छन् । बाबुको अनुहार चम्किलो देखिन्छ भने छोरी पनि मुस्कुराई रहेकी छिन् ।

यो तस्वीरको एक छुट्टै कथा छ यो तस्वीर भारतको हो । आन्ध्र प्रदेशमा एक सर्कल निरीक्षक श्री वाई श्याम सुन्दरले उनकी छोरी सुश्री येन्द्लुरु जेसी प्रशान्तीलाई सलाम गरेका हुन् ।

उनकी छोरी अहिले गुन्टूर जिल्लाको प्रहरी उपरीक्षकको रूपमा कार्यरत छन् । छोरी उपरिक्षक भएपछि पहिलो पटक बाबु छोरीको भेट भयो र बाबुले आफ्नो हाकिम भएर आएकी छोरीलाई सलाम गरे ।

एक आइपिएस अफिसर प्रियंका शुक्लाले उक्त तस्वीर ट्वीटरमा पहिलो पटक सेयर गरेकी थिइन् ।
आततककी उस सम्पादक चित्रा त्रिपाठीले उक्त ट्वीट सेयर गरकी छिन् । उनले लेखेकी छिन्, यो फोटो पुरुष मानसिकताहरुका लागि पनि एक चोट हो, जो छोरा भन्दा छोरी कमजोर हो भन्ने सोचेरघर भित्रै राख्न चाहन्छन् ।

प्रतिक्रिया दिनुहोस