आमाले पाप लुकाउन १ दिनकी बालिका फालिदिईन तर कुकुरले रातभर छोपेर चिसोबाट बचायो

काठमाडौं । मान्छेहरु अहिलेसम्म पापी हुँदैछन् भन्ने कुरा कहिलेकाँही देख पाइन्छ ।’कलियुगी आमाले आफ्नो पाप लुकाउन १ दिनकी बालिकालाई फालिन्, कुकुरले रातभर थुनेर बचायो ज्यान’ भन्ने सुन्दा पत्यार नलाग्न सक्छ ।तर वास्तवमा यस्तै घटना भारतमा भएको छ ।

छत्तीसगढको मुंगेली जिल्लाको लोर्मी क्षेत्रको सरिस्टालमा मानवतालाई लज्जित तुल्याउने एक हृदयविदारक तस्विर सार्वजनिक भएको छ ।त्यहाँ एक दिनको नवजात शिशुलाई अज्ञात व्यक्तिले गाउँको बीचमा कुकुरसँग छोडेको खुल्न आएको हो ।

यो सबै घटना लोर्मी प्रहरी चौकी क्षेत्रको सरिताल गाउँको हो । गाउँलेहरूले पहाडमा कुकुरसँगै बिहान नवजात शिशु फेला पारेका थिए । त्यसपछि गाउँलेहरूले यसबारे लोर्मी प्रहरीलाई खबर गरेका हुन् ।खबर पाएलगत्तै लोर्मी प्रहरीका असई चिन्ताराम बिन्झावार टोलीसहित घटनास्थल पुगे । प्रहरीले नवजात शिशुलाई तत्कालै लोर्मी ५० शय्याको मातृबाल अस्पताल पुर्यायो ।

नवजात बालिकालाई प्राथमिक उपचारपछि चाइल्ड केयर मुंगेली रिफर गरिएको छ । उक्त शिशु मात्र १ दिन पुरानो भएपछि उपचारपछि चिकित्सकले मुंगेली चाइल्ड केयरमा रेफर गर्नुपरेको हो ।

यस सम्बन्धमा अहिलेसम्म कुनै पनि व्यक्ति विरुद्ध कुनै मुद्दा दर्ता गरिएको छैन । अनुसन्धान अझै जारी छ । त्यसपछि मुद्दा दर्ता हुने प्रहरीले जानकारी दिएको छ ।

यहाँलाई बताउँ की मानिससँग मानवता नभएका बेला पशुसँग कति हदसम्म हुन्छ भन्ने एक उदाहरण यो घटनाको हो । प्रहरी घटनास्थल पुग्दा शिशुलाई कुकुरले आफ्नो काखमा च्यापेको थियो ।

कुकुरको भुत्ला र शरीरको न्यानोले यो चीसोमा शिशुको ज्यान बच्यो । नत्र बाँच्ने थिएन । प्रहरी पुगेपछि कुकुरले शिशुलाई आफ्नो खोकिलाबाट छोड्यो । यो दृष्य देखेकाहरुका आँखाबाट आँशु बगे एक स्थानीयले बताए ।

यो पनि पढ्नुहोस -भारतको महाराष्ट्र राज्यस्थित बीड जिल्लामा बाँदरको एक समूहले कुकुरसँग बदला लिएको छ। स्थानीयका अनुसार कुकुरले आफ्नो बच्चालाई मारेको भन्दै बाँदरको समूहले बदला लिएको हो।

बदलामा बाँदरले २५० कुकुरको ज्यान लिएको भारतीय मिडियामा खबर छ। बाँदरले लिएको बदला देखेर आफूहरु हैरान बनेको स्थानीयले बताएका छन्।

स्थानीयका अनुसार केही हप्ताअघि केही कुकुरले बाँदरको बच्चालाई लखेटी लखेटी मारेका थिए। कुकुरले आफ्नो बच्चा मारेको बदला लिन बाँदरहरुको एक समूह बन्यो र सो समूहले आफ्नो क्षेत्रभित्र रहेका करिब २५० कुकुरको ज्यान लिएको हो।

हालः गाउँमा कुनै पनि कुकुर बाँकी नरहेको स्थानीयले बताएका छन्। बाँदरले कुकुर मारेको भिडियो सामाजिक सञ्जालमा भाइरलसमेत बनेको छ।

प्रतिक्रिया दिनुहोस