दाँतमा किरा लाग्यो ? नआत्तिनुहोस्, दाँतको किरा मार्ने यी हुन् अचुक घरेलु उपाय

काठमाडौं । प्रायः मानिसमा दाँतमा किरा लाग्ने समस्या हुन सक्छ । जस्को मुख्य कारण दाँतलाई ठिक तरिकाले हेरविचार नगर्नु र सफा नगर्नु हो । दाँतमा किरा लागेपछि धेरै दुखाईको महशुस हुन्छ । जस्लाई सहन गर्नसक्नु असम्भवको कुरा हो । यस्तो अवस्थामा दुखाईबाट छुट्कारा पाउनु पतिदिन खाना खानु सरह नै महत्वपूर्ण हुन्छ ।

किनकी यस्को दुखाई दाँतको जरासँग हुन्छ । जस्को कारणले गर्दा त्यसमा सुनिने समस्या पनि हुन सक्छ । त्यसैले सकेसम्म चाडैं यस समस्याको उपचार गरिनुपर्छ । यस समस्याको उपाय धेरै छन् । तर डाक्टरको सल्लाहअनुसार उपचार गर्नु नै फाईदाजनक हुन्छ ।
यस्को अतिरिक्त अरु पनि उपायहरु छन् । जस्को मद्धतले तपाइँ यस्ता समस्याबाट छिटै छुट्कारा पाउन सक्नुहुन्छ । यी उपायहरु पुरै सुरक्षित हुन्छ र यस्को कुनै दुष्प्रभाव छैन । यदि तपाइँको दाँत संवेदनशील छ भने यस उपायको प्रयोग कृपया डाक्टरको सल्लाहअनुसार मात्र गर्नुहोस् ।

दाँतबाट किरा हटाउने घरेलु उपाय
बेसार र नुन– पिसेको बेसार र नुनलाई तोरीको तेलसँग मिलाउनुहोस् । यस मिश्रणलाई प्रतिदिन २–३ पटक दाँतमा दन्तमन्जनको रुपमा दल्नाले दाँतको किरा मर्दछ ।

प्याज खानाले मर्छ दाँतको ब्याक्टेरिया– प्याजको प्रयोग प्रायजसो दाँतको दुखाई ठिक गर्नको लागि गरिन्छ । तर यसको प्रयोग दाँतको किराको समस्या हटाउन पनि गर्न सकिन्छ । किनकी प्याजलाई दाँतको लागि एउटा राम्रो उपाय मानिन्छ । यस्को प्रयोगले तपाइँको दाँतको दुखाई कम हुन्छ ।
प्याजलाई एक प्रकारको प्राकृतिक औषधिको रुपमा पनि मानिन्छ । जस्मा दाँतको दुखाई निको पार्ने गुण हुन्छ । यदि तपाइँको दाँतमा पनि समस्या छ भने प्याजको प्रयोग गर्नुहोस् । जसबाट तपाइँलाई लाभ मिल्दछ । यस्को लागि प्याजलाई काटेर सानो टुक्रालाई किरा भएको दाँतबाट चपाउनुहोस् । तपाइँले सलादमा प्याजको प्रयोग गरेर पनि दुखाई कम गर्न सक्नुहुन्छ ।

बरको दुध(चोप)– किरायुक्त दाँतमा बरको दुध लगाउनाले किरा र दुखाई दुबै हट्दछ ।

फिटकिरी– फिटकिरीलाई तातो पानीमा घोलेर प्रतिदिन कुल्ला गर्नाले दाँतको किरा र दुर्गन्ध दुबै हट्दछ ।

हिंग– यदि तपाइँको दाँत कुनै कारणले दुखिरहेको छ भने हिंगको प्रयोग गर्नाले आराम मिल्दछ । किनकी हिंगमा भएको तत्वले दुखाई उत्पन्न गर्ने किटाणुलाई समाप्त गर्छ र दुखाईबाट आराम दिलाउँछ ।

तपाइँ यसको प्रयोग मौसमको रस र कागतीको रसमा हालेर गर्न सक्नुहुन्छ । यसले दाँतलाई औषधिको साथै अम्लीय पदार्थको पनि फाईदा मिल्दछ । यसको लागि दुखेको दाँतमा दुबै पदार्थलाई कपासको मद्धतले लगाउनुहोस् । यसबाट तपाइँलाई दाँतको दुखाईबाट छिटै छुट्कारा मिल्दछ ।

ल्वाङ्ग– ल्वाङ्गलाई दाँतको दुखाईको लागि सबैभन्दा राम्रो उपाय मानिन्छ । यस्को साथै स्वस्थ रहनको लागि पनि ल्वाङ्गको प्रयोग गरिन्छ । ल्वाङ्गमा विशेष प्रकारको गुण पाईन्छ । जस्ले ब्याक्टेरियालाई समाप्त गर्ने काम गर्दछ ।

दाँतमा दुखाई ब्याक्टेरियाको कारणले गर्दा हुन्छ । जस्लाई हटाउने काम ल्वाङ्गले गर्दछ । यसको लागि ल्वाङ्गलाई दुखेको दाँतमा राख्नुहोस् । यसबाट विस्तारै दाँतको दुखाई कम हुन्छ । यस प्रक्रियामा थोरै समय लाग्न सक्छ । तर फाईदा धेरै नै हुन्छ ।

प्रतिक्रिया दिनुहोस