उडिरहेको विमानमा एक अर्को सिटका युवा युवती सम्माहालिन नसकेपछि जे भयो

काठमाडौं । उडिरहेको विमानभित्र एक जोडीले सम्माहालिन नसकेपछि अन्य यात्रुहरु हेरेको हेर्यै भएका छन् । पाकिस्तानको कराचीबाट इस्लामाबाद जाँदै गरेको उडानमा त्यस्तो दृश्य देखिएको हो ।

जोडीको व्यवहार देखेर अन्य यात्रीहरूले सम्झाउन नचाहेका पनि होईनन् । चालक दलका सदस्यहरुले पनि उनीहरुलाई राम्रोसँग विमानभित्र त्यस्तो कार्य नगर्न भनेका थिए ।

विमान परिचालिकाले भनेको कुरा नमानेपछि उडानका क्रममा उनीहरुलाई कम्बलले छोप्नु परेको थियो । पाकिस्तानी सञ्चारमाध्यममा आएको खबर अनुसार घटना कराचीबाट इस्लामाबादको उडानमा भएको थियो ।

२० मेमा उडानका क्रममा एक जोडीको प्रेम अचानक बढेर जाँदा अन्य यात्रुहरु लजाउनुपर्ने स्थित सिर्जना भएको हो ।

चौथो पङ्तीमा बसेका उनीहरुले अन्य यात्रुहरूलाई असजिलो बनाएका थिए । यात्रुहरूले चालक दलमा यसको गुनासो गरेका थिए । त्यसपछि एक विमान परिचालिकाले सार्वजनिक ठाउँमा संयमता राख्न अनुरोध गरिन् ।

तर उक्त जोडीले विमान परिचालिकाको कुरा मानेनन् । पुनः आफ्नो कामलाई निरन्तर जारी राखे । त्यसपछि उनीहरुलाई कम्बल दिइएको थियो । अन्य यात्रुले नदेखुन भनेर उनले कम्बल ओढाइदिएकी थिइन् । एयरब्लू कम्पनीको पीए–२०० उडानमा यो घटना घटेको थियो ।

पाकिस्तानको चर्चित अखबार ट्रिब्यूनले रिपोर्ट गरे अनुसार उडानमा केही यात्रीहरूले उक्त जोडीलाई सार्वजनिक शिष्टाचार पालना गर्न भनेका थिए । जवाफमा उनीहरुले, ‘हामीलाई जे पनि भन्ने तिमीहरु को हौं ?’ भनेका थिए ।

त्यस समयमा उनीहरुको ठिक पछाडिको सीटमा बसेका अधिवक्ता बिलाल फारुख अलवीले एयरब्लू (विमान कम्पनि) का कर्मचारीले त्यो जोडीविरुद्ध केहि कारबाही नगरेको गुनासो गरेका छन् । यस घटनालाई अब पाकिस्तानको नागरिक उड्डयन प्राधिकरणले अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस