सुर्खेत मा निस्सासिएर एकैघरका चारजनाको मृत्यु

सुर्खेत, माघ २ । वीरेन्द्रनगर नगरपालिका–१० सुर्खेतस्थित बुद्बुदी गाउँमा निस्सासिएर एकाघरका चार जनाको मृत्यु भएको छ मृत्यु हुनेमा शिवालय गाउँपालिका–४ जाजरकोट स्थायी निवासी ३५ वर्षीय कल्पा बुढा,

उनका आठ वर्षीय छोरा नीरज र नौ वर्षीय अर्का छोरा चीरञ्जीवी र कल्पाकै दाजुको पाँच वर्षीय छोरा सम्राट घरमै मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले बताए ।

घटनाको सूचना पाउने वित्तिकै त्यहाँ पुगेको प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार घरमा कोइला बाली झ्याल ढोका थुनेर बस्दा उनीहरूको मृत्यु भएको हुन सक्ने आशङ्का गरिएको छ ।

दुध छुटाउनु भन्दा पहिले बच्चालाई यी कुरा खुवाउनै पर्छ

आमाको दूध अर्थात अमृत । आमाको दूध खाएरै हरेक मानिस हुर्किर्एका हुन्छन् । ६ महिनासम्म शिशुलाई आमाकै दूध खुवाइन्छ । तर, ६ महिनापछि भने अन्य पौष्टीक खाना पनि खुवाउन थालिन्छ ।

जब शिशु डेढ वर्षको हुन्छ, तब उसको शारीरिक तथा मानसिक विकासका लागि थुप्रै पौष्टिक तत्वको खाँचो पर्छ । यही कारण शिशु डेढ वर्षको भएपछि आमाको दूध छुटाउन र अन्य ठोस पौष्टिक आहारा खुवाउन चिकित्सक सल्लाह दिन्छन् । आमाको दूध छुटाउनुपूर्व शिशुलाई यस्ता खानेकुराको बानी पार्नुपर्छ, जुन स्वस्थकर र सन्तुलीन हुन्छन् । ति यसप्रकार छन्ः

मौसमी फलफूल – ससाना बालबालिकालाई गुलियो तथा अमिलो खानेकुरा निकै मनपर्छ । उनीहरुलाई गुलिया तथा अमिला फलफूल सजिलै खुवाउन सकिन्छ । यस्ता फलफूल पोषिला हुन्छन् ।

केरा, सुन्तला, स्याउ, अंगूरलगायतका फलफुल बच्चाहरु सजिलै निल्न पनि सक्छन् । यस्ता फलफूलका ससाना टुक्रा या जूस बनाएर पनि ख्वाउन सकिन्छ । बच्चालाई फलफूल खुवाउनुपूर्व ति फलफूल मौसमी हुन् कि हैनन्, त्यसको हेक्का राख्नैपर्छ । अन्यथा कोल्डस्टोरमा राखिएका र किटनाशक या प्रिजर्भेटीभ प्रयोग गरिएका फलफूलले बच्चाका स्वास्थ्यमा नकारात्मक असर पनि पार्नसक्छ ।

दालको पातलो झोंल – जन्मिएको ६ महिनापछि शिशुलाई दालको पातलो झोंल खुवाउनु उपयुक्त हुन्छ । दालको झोंलमा भिटामीन र प्रोटीनको मात्रा प्रचूर हुन्छ । हेक्कार रहोस्, दालको झोंल भन्नाले चोक्टा नभएको दालको सादा झोंल हो, जसलाई शिशुले सजिलै पचाउन पनि सक्छ । कुन चाहिँ दालको झोंल ? त्यसको ख्याल रहोस् । शिशुलाई रहर, मुङ्ग, मास तथा मुसुरोको दालको झोंल दिन सकिन्छ । चना तथा मटरको दालले भने शिशुको पेट विगार्न सक्छ ।

तरकारी सुप – शिशुहरुको शारिरिक विकासका लागि आमाको दूधबाहेक भिटामिन, मिनरल्स, प्रोटिनलगायत थुप्रै पोषणतत्व आवश्यक पर्छ । तरकारीको सुप बच्चाका लागि पौष्टीक तत्वको खानी हो ।

मौसमी तरकारीको सुप खुवाउने हो भने बच्चामा रोग प्रतिरोधात्मक क्षमता बढछ, पेट पनि भरीन्छ । अनि शिशुको शरीरमा पानीको कमी पनि हुन पाउँदैन । गिलो जाउलो – जाउलो अति उत्तम । पचाउन सजिलो हुने भएकोले शिशुलाई जाउलो सजिलै ख्वाउन सकिन्छ । दाल र चामलद्धारा निर्मित सादा जाउलो हेर्दा सामान्य देखिए पनि यसले शिुशको शरीरलाई शक्ति दिन्छ । जाउलोमा दाल धेरै हाल्नुपर्छ र केही गिलो बनाउनुपर्छ । यसो गर्दा दाल तथा चामल राम्ररी पाक्छ र शिशुले सजिलै निल्नुका साथै पचाउन सक्छ ।

गाँजर, स्याउ, नासपाती – जब शिशुको दाँत निस्कन थाल्छ, शिुशहरु वरिपरिका चीज मुखमा हाल्न थाल्छन् । दाँत निस्कने समयमा शिशुको गिजा चिलाउँछ । गिजा चिलाउन कम हुने भएकाले उनीहरु विभिन्न वस्तु मुखमा हाल्छन् । यस्तो अवस्थामा शिशुलाई स्याउ, गाजँर, नासपाती, काँक्रो आदि खुवाउन सकिन्छ, जसलाई उनीहरुले हातले समातेर टोक्न सकून् ।

प्रतिक्रिया दिनुहोस