डिर्भोसको कुरा गर्दा भावुक बने साउथ हिरो नागा

काठमाडौँ । ४ वर्ष लामो वैवाहिक सम्बन्धलाई पूर्णविराम लगाएको साउथको चर्चित जोडी सामन्था रुथ प्रभु र नागा चैतन्यले डिर्भोसपछि आ आफ्नो धारणा बाहिर ल्याएका छन् ।

आपसी मतभेदका कारण सम्बन्ध विच्छेद गरेको यो चर्चित जोडीलाई दर्शकले पर्दामा दिएको मायालाई लत्याउँदै उनीहरु किनारा लागेका थिए ।

यसैबिच हालै फिल्म ‘बंगारराजु’ को प्रमोशनको क्रममा नागाले आफ्नो मौनता तोड्दै एकअर्काको खुसीका लागि आफूहरु अलग भएको बताएका छन् । नागाले ९सामन्था० खुसी छिन् भने म पनि खुसी छु ।

यसकारण यस्तो स्थितिमा डिभोर्स नै उचित निर्णय हो सम्म भन्न भ्याएका छन् । यी कुराहरु भनिरहँदा नागा निकै भावुक समेत देखिएका थिए ।

नागाले भन्दा केही समय अगाडी सामन्थाले डिभोर्सको बारेमा आफूले धेरै पटक कुरा गरिसकेकाले अब यो विषयमा दोर्‍याएर नबोल्ने उल्लेख गरेकी थिइन् ।

यो चर्चित जोडीले २०१७ अक्टूबर ६ मा १० करोड खर्च गरेर गोवामा विवाह गरेका थिए । विवाहअघि उनीहरु ७ वर्ष प्रेम सम्बन्धमा थिए ।

प्रतिक्रिया दिनुहोस