नेपालमा आज पनि ठुलो संख्यामा थपिए नयाँ को-रोना संक्रमित, यति धेरैकाे मृ-त्यु ! (हेर्नुहाेस् विवरण सहित)

३ माघ, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ६७३४ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरमा १४ हजार १४ नमुनाको पीसीआर परीक्षण गर्दा ५७४७ र ६७३४ नमुनाको एन्टीजेन

परीक्षण गर्दा ९८७ जनामा संक्रमण पुष्टि भएको हो ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५४७ जना संक्रमणमुक्त भएका छन् भने ३ जनाको मृत्यु भएको छ ।हाल देशभरमा ३० हजार ८७७ संक्रिय संक्रमित छन् ।

नयाँ को-रोनाको यस्तो लक्षण देखिनासाथ सत’र्क हुनुहोला, थाहै नदिइ ज्या’ न लान सक्छ, सबैले जान्नै पर्ने २ मिनेट समय दिएर अवस्य पढ्नुहोस
काठमाडौँ । यदि यी लक्षण देखिएमा तुरुन्त पिसिआर टेस्ट गर्नुहोला नत्र ज्या`नै जान सक्छ ! यसपटकको नयाँ प्रजातिको महामारी गतसालको जस्तो सामान्य छैन । ज्वरो आउने, खोकी लाग्ने, शरीर दुख्ने, स्वाद र गन्ध हराउने, पखाला वा र बान्ता हुने,एकदम थकान हुने, निद्रा लागिरहने, छालामा बिमिरा आउने, आँखा रातो हुनेमध्ये केहि लक्षण मिलेमा तुरुन्त पिसिआर टेस्ट गर्नुहोला ।

यसपटक परिवारमा एकजना संक्रमित भएमा सबै संक्रमित हुने अवस्था छ त्यसैले कुनै लक्षण देखिएमा आइसोलेसनमा बस्नुहोला । संक्रमणको शंका लागेमा तुरुन्त पिसिआर टेस्ट गर्नुहोला । सहेर वा हेरौं भनेर अलमल नगर्नुहोला। जति छिटो रोग पत्ता लाग्यो, त्यति छिटो उपचार पाउने अवस्था हुन्छ।

१) पिसिआर पोजिटिभ आएमा गतसाल जस्तो सप्लिमेन्ट ( भिटामिन वा इम्युन बुस्टर ) खाएर ढुक्क नहुनुहोला । यसपटक छिटो को- भिड निमोनिया हुने भएकोले तुरुन्तै नजिकको को- भिड अस्पतालको फि-भर क्लिनिकमा जानुहोला । त्यहाँ चिकित्सकले तपाइंलाई परीक्षण गरेर आबश्यकता अनुसार छातीको एक्स रे, रगतको जांच तथा सिटि स्क्यान गर्ने सल्लाह दिनुहुन्छ । यदि तपाइंको अवस्था खराब छ भने उहाँहरुले औषधि वा भर्नाको लागि सल्लाह दिनुहुनेछ । उहाँहरुको सल्लाह अक्षरस पालना गर्नुहोला ।

२) लामो समय ज्वरो आयो, खोकी लाग्यो, सास फेर्न गाह्रो भयो, खाना खान गाह्रो भयो वा अक्सिजनको स्तर ९४ भन्दा तल भइरह्यो भने घरमा नबस्नुहोला । यो अवस्थामा तपाईंलाई छातीमा संक्रमण भएको बुझ्न सकिन्छ । जति छिटो अस्पताल पुग्यो त्यति छिटो भर्ना हुन् नपर्ने एबम सजिलोसंग निको हुने अवस्था हुन्छ ।

३) गतसाल संक्रमण भएका वा यो साल खोप लगाएका व्यक्तिलाई संक्रमण हुनसक्छ । प्रजाति फरक भएकोले गाह्रो हुन सक्छ । मैले खोप लगाएको छु वा पोहोरको एन्टिबोडीले काम गर्छ भनेर लापरबाही नगर्नुहोला । अप्ठ्यारो भए तुरुन्त अस्पताल जानुहोला । ४) बालबालिका तथा युवालाई केहि हुँदैन भनेर घरमा नबस्नुहोला । यसपटक बालबालिका र युवाको संक्रमण दर, गम्भीर हुने दर तथा मृ- त्युदर गतसालको भन्दा धेरै छ ।

५) अस्पताल जाने बेलासम्म घोप्टो परेर सुत्नु भयो भने अक्सिजनको स्तर केहि बढ्दछ त्यसैले पेटको बलमा घोप्टो परेर सुत्नुहोला । ६) अस्पताल प्याक छन् भनेर नआत्तिनुहोला । अस्पताल जाँदैमा सबै भर्ना हुनु पर्दैन । प्याक भएका अस्पतालले अस्पताल बाहिर समेत अक्सिजन दिएर उपचार गरिरहेका छन् ।

७) चिकित्सकको सल्लाह बिना आफै अक्सिजन लगाएर घरमा नबस्नुहोला । अक्सिजन उपचार हैन । निमोनिया वा अन्य छातीको संक्रमणको औषधि चलाउँदै अक्सिजन लगाउनुपर्छ । अक्सिजनको मात्रा चिकित्सकको सल्लाह अनुसार मात्र थपघट गर्नुपर्छ ।

८) औषधि उपचार प्रत्येक व्यक्तिको फरक हुनसक्छ । एकजनालाई निको भएको औषधिले अर्को व्यक्तिलाई निको नहुन सक्छ । तसर्थ स्वास्थ्यकर्मी बाहेकका व्यक्तिले सिफारिस गरेको औषधि सेवन नगर्नुहोला । कुनै पनि औषधिले को- रोना च्वाट्ट निको हुने वा लाग्न नदिने कुरा गर्छ भने त्यो गलत हो ।

९) प्रतिरोध क्षमता बढाउनको लागि जथाभावी आयुर्बेद औषधि नखानुहोला । सम्बन्धित चिकित्सक तथा स्वास्थ्यकर्मीको सिफारस अनुसार मात्र आयुर्बेद औषधि सेवन गर्नुहोला । आयुर्बेद औषधिले को- भिड निको हुँदैन । तपाइंको स्टामिना बढाउँछ । यस्तो बेला सबै चिकित्सा पद्दतिको एकीकृत उपचार प्रभावकारी हुन्छ ।

१०) यसपटकको संक्रमणले निकै छिटो फोक्सोमा असर गर्ने किसिमको छ । ४ – ६ घण्टामा निकै बढी असर गर्न सक्छ । तसर्थ भोलि अस्पताल जाउँला भनेर नबस्नुहोला । निको भएका संक्रमितका कुरा सुन्नुहोला । ११) अस्पतालमा गम्भीर बिरामीप्रति चिकित्सकको ध्यान बढी हुन्छ तसर्थ नआत्तिनुहोला ।

१२) कुनैपनि चिकित्सकले औषधि चलाएको बेला पनि भित्रभित्रै असर हुनसक्छ । यो भाइरल संक्रमण भएको हुँदा एन्टिबायोटिकको भर पर्नु हुँदैन । यस्तो अवस्थामा एकपटक छातीको एक्स रे वा सिटि स्क्यान गर्नु सुरक्षित हुन्छ । १३) उपचार पश्चात पिसिआर नेगेटिभ आएपनि को- भिडले तपाइंका बिभिन्न अंगमा असर गरेको हुनसक्छ । चिकित्सकको सल्लाह अनुसार यसको पनि उपचार गरेर स्वास्थ्यलाभ गर्नुपर्ने हुन्छ ।

( सरकारले जारी गरेका सुचना, सतर्कता तथा जनस्वास्थ्यका मापदण्ड पालनाबाट हामी संक्रमणबाट बच्नेछौँ । कृपया पटक्कै लापरबाही नगर्नुहोला । हामीले आफु, परिवार तथा समाजलाई संक्रमण हुन् नदिनको लागि सतर्क बनौं । सतर्क भएमा हामी अस्पताल जानु पर्दैन । ) डाक्टर रविन्द्र पाण्डेको फेसबुक वाल बाट

काेराे-ना भा- ईरस ( काे-भिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ अनिबार्य रुप मा माक्स को प्रयोग गरौं साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश ।

प्रतिक्रिया दिनुहोस