कैलालीमा बन्चरो प्रहार गरी एक वडा अध्यक्षको मोटरसाइकल तोडफोड

धनगढी। कैलालीमा एक वडा अध्यक्षको बन्चरो प्रहार गरी मोटरसाइकल तोडफोड गरिएको छ । जिल्लाको गौरीगङ्गा नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष जगत चौधरीले प्रयोग गर्दै आइरहेको से १ ब ६७७ नम्बर को सेतो प्लेटको मोटरसाइकल एक स्थानीयले तोडफोड गरेका हुन् ।

पार्किङमा राखेको मोटरसाइकलमा एक्कासी सोही ठाउँका रमेश चौधरीले बन्चरो प्रहार गरी मोटरसाइकल तोडफोड गरेको वडा अध्यक्ष चौधरीले बताए। ‘म एक माघी कार्यक्रमको शुभकामना आदान प्रदानमा सहभागी भएको थिए। मोटरसाइकल बाटोमा पार्किङ थियो। एक्कासी ती युवकले बन्चरोले मोटरसाइकल तोडफोड गरे’ वडा अध्यक्ष चौधरीले भने ।

वडा अध्यक्ष चौधरीले मदिरा सेवन गरेको आरोप लगाए पनि त्यो कुनै सत्यता नरहेको उनले बताए । रमेशले केही दिन अघि पनि सोही ठाउँको एक विद्यालयमा समेत आगो लगाएको वडाध्यक्षले बताए। रमेशको मानसिक अवस्था कमजोर रहेको बुझिएको छ । वडा अध्यक्ष चौधरीको मोटरसाइकल तोडफोड गर्ने ती युवकलाई भने इलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस