सङ्क्रमण बारे अनुसन्धानकर्ताहरुले फेला पारे नयाँ तथ्य

लन्डन : कोभिड १९ बाट पार पाउन विश्वले संघर्ष गरिरहेका बेला कोभिडको दीर्धकालीन असरबाट विश्वको ठूलो जनसंख्या प्रभावित भएको छ । मिसिगन युनिभर्सिटीका अनुसन्धानकर्ताहरुले गरेको एउटा नयाँ अध्ययन अनुसार कोभिडबाट संक्रमितमध्ये ४० प्रतिशत मानिसहरु कोभिडको दीर्धकालीन असरबाट प्रभावित भएका छन् । अर्थात विश्वको १० करोड जनसंख्या कोभिडपछिको समस्याबाट प्रभावित छ ।

अनुसन्धानकर्ताहरुले १७ देशका विभिन्न ४० अध्ययनहरुलाई विश्लेषण गरेका थिए । कोभिड भएर अस्पताल भर्ना भएका व्यक्तिमा दीर्धकालीन कोभिडको सम्भावना ५७ प्रतिशत देखिएको थियो ।

‘कोभिडबाट संकमित विश्वका कूल २३ करोड ३७ लाखमध्ये १० करोड जना कोभिडपछिको दीर्धकालिन समस्याबाट पीडित छन्,’ अनुसन्धानकर्ताहरुले भनेका छन् ।

कोभिडपछिको दीर्धकालीन समस्याले विभिन्न देशको स्वास्थ्य प्रणालीमा दबाब दिनसक्ने उनीहरुले सजग गराएका छन् ।

कोभिड संक्रमितमध्ये ४९ प्रतिशत महिला र ३७ प्रतिशत पुरुषमा यस्तो समस्या देखिएको छ । अध्ययनअनुसार एशियामा ४९ प्रतिशत, युरोपमा ४४ प्रतिशत र उत्तर अमेरिकामा ३९ प्रतिशतमा कोभिडपछि दीर्धकालिन समस्या देखिएको छ । कोभिड भएको दुई सातापछि पनि एक महिना वा सो भन्दा लामो समयसम्म कोभिडजस्तै लक्षण देखिनुलाई दीर्धकालीन कोभिड मानिन्छ । कम्जोरी, सास फेर्न कठिनाई हुनु, पीडा, चिन्ता तथा डि’प्रेस’न दी’र्धकालीन कोभिडका लक्षण हुन् । अनुसन्धानकर्ताहरुले गरेको अध्ययन पीएलओएस मेडिसिन जर्नलमा प्रकाशित छ ।

यसैबीच, सेप्टेम्बरमा गरिएको एउटा अध्ययनमा तीन कोभिड बिरामीमध्ये एक जनामा तीनदेखि ६ महिनासम्म कोभिडको लक्षण देखिएको पाइएको थियो ।

महामारी यो वर्षको अन्त्यसम्म समाप्त हुने चिनियाँ विज्ञको दाबी

चीनले भाइरस पत्ता लगाएको घोषणा गरेको दुई वर्ष बितेको छ। सन् २०१९ को डिसेम्बर ३१ यता विश्व तीव्र गतिमा बदलिएको छ। उक्त परिवर्तन हामीलाई उपलब्ध स्वास्थ्य सेवादेखि हाम्रो काम गर्ने शैलीमा देखिएको छ।

महामारी सुरु भए लगत्तै अनुसन्धानकर्ताहरूले कोभिड-१९ विरुद्धको खोप विकास गर्न तीव्र गतिमा प्रयास गरेका थिए। केही औषधि कम्पनीहरूले विगतमा कहिल्यै मानवमा प्रयोग गर्न अनुमति नदिइएको एमआरएनए प्रविधि प्रयोग गर्ने निधो गरे।

उक्त जोखिमले परिणाम दियो। फाइजर-बायोएनटेक र पछि मोडर्नाले अरूभन्दा चाँडै खोपको विकास मात्रै गरेनन्, उनीहरूको आविष्कारले त्यस्तै विधि प्रयोग गरी अरू रोगको नयाँ उपचारहरूका लागि पनि बाटो खोलिदियो।

यसै क्रममा चिनियाँ विज्ञले यस वर्षको अन्यसम्ममा कोभिड-१९ महामारीको समाप्त हुने दाबी गरेका छन्। चीनका चर्चित चिकित्सक एवम् संक्रामक रोग विशेषज्ञ झाङ वेन्होङले चिनियाँ मिडिायामार्फत सो दाबी गरेका हुन्।

‘कोभिड महामारीको लागि सम्भवत यो अन्तिम जाडोयाम हो’ चीनको मिडिया ग्रुपसँग शनिबार वेनहोङले भनेका छन्, ‘हालसम्मको अध्ययनले ओमिक्रोन भेरियन्टपछि कोभिड-१९ ले रुप परिवर्तन हुने देखाएको छैन। त्यसैले कोभिड-१९ महामारी सन् २०२२ को अन्त्यसम्ममा समाप्त हुनेमा म पुर्ण रुपमा विश्वस्त छु ।’ ५२ वर्षीय विज्ञ झाङले महामारीको सुरुवात देखि नै चीनको कोभिड महामारीविरुद्ध ल’डेका थिए।

प्रतिक्रिया दिनुहोस