अब माघ १५ सम्म होइन मसान्त सम्म नै यस्ता काम बन्द, उपत्यकाका सिडियोले फेरी जारी गरे नयाँ निर्देशिका

काठमाडौ । बढ्दै गएको संक्रमणका कारण उपत्यकाका तीनै जिल्ला प्रशासन कार्यालयले फेरी मंगलवार विज्ञप्ती जारी गर्दै नयाँ नियम लागू भएको जानकारी गराएका छन् । माघ १५ सम्म होइन अब माघ मसान्तसम्म भेला हुने सबै किसिमका क्रियाकलापमा रोक लगाएको छ ।

‘सबै प्रकारका आमसभा, जुलुस, सभा, भेला वा धेरै मानिस भेला हुने क्रियाकलापमा माघ मसान्तसम्म सञ्चालन नगर्ने’, प्रशासनले मंगलबार जारी गरेको आदेशमा भनिएको छ । आज मध्यरातिदेखि लागू हुने आदेशमा भौतिक रुपमा उपस्थित गर्नुपर्ने कार्यका लागि २५ जना भन्दा बढी भेला हुन नपाइने उल्लेख गरिएको छ ।

त्यस्तै काठमाडौं उपत्यकामा विवाह, ब्रतबन्धलगायतका धार्मिक कार्यमा ५० जनासम्म उपस्थित हुन पाउने भएका छन् । उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुले जारी गरेको स्मार्ट लकडाउनसम्बन्धी आदेशमा धार्मिक वा सांस्कृतिक जात्रा, पर्व, विवाह, न्वारान, पास्नी, ब्रतबन्ध, धार्मिक अनुष्ठान, मृत्यु संस्कारलगायतका अत्यावश्यक परम्परागत धार्मिक तथा सांस्कृतिक क्रियाकलापहरुमा ५० जनासम्म सहभागी हुन पाउने निर्णय गरेका हुन् ।

मंगलबार मध्यरातदेखि लागू हुने यो निर्णयमा जनस्वास्थ्यमा मापदण्डलाई भने कडाइकाक साथ पालना गर्नुपर्ने भनिएको छ । यस्तै पार्टी प्यालेसहरु पनि कुल क्षमताको एक तिहाइमा नबढ्ने गरी सञ्चालन गर्न पाइनेछ । त्यसका लागि प्रमुख जिल्ला अधिकारीबाट पूर्वस्वीकृति लिइ बिबाह ब्रतबन्ध जस्ता सामाजिक कार्य गर्न सकिने छ ।

जिल्ला प्रशासन कार्यालयले होटल तथा रेस्टुरेन्ट सञ्चालनका लागि ६ बुँदे मापदण्ड तोकेको छ । मंगलबार प्रशासनले २७ बुँदे आदेश जारी गर्दै होटल तथा रेस्टुरेन्ट सञ्चालनका लागि ६ बुँदे मापदण्ड तोकेको हो । जसमा होटल तथा रेष्टुरेन्टका कामदारले अनिवार्य रूपमा मास्क, फेससिल्ड र पञ्जा लगाउनुपर्ने छ । त्यसैगरी होटल तथा रेस्टुरेन्टमा प्रवेश गर्ने सवै सेवाग्राहीले मास्क अनिवार्य गर्नुपर्ने तथा होटल तथा रेष्टुरेन्टले कुल क्षमताको आधा भन्दा बढी नहुने गरी कम्तीमा दुई मिटरको भौतिक दुरी कायम गर्नुपर्नेछ ।

होटल तथा रेस्टुरेन्टमा कोही मास्क नलगाइ आएमा व्यवस्थापकले बढीमा ५ रुपैयाँ लिएर मास्क उपलब्ध गराउनुपर्ने र मास्क नलगाउने व्यक्तिलाई प्रवेश निषेध गर्नुपर्नेछ । त्यसैगरी होटल रेस्टुरेन्टमा सेनिटाइजरको व्यवस्था गर्नुपर्ने र नियमित रूपमा होटल रेस्टुरेन्ट स्यानिटाइज गर्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस