आज राति १२ बजे देखि लागु हुनेगरी काठमाडौं प्रशासनले लगायो सर्वसाधारणका लागि नयाँ नियम

काठमाडौं : छिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५१ सय ८९ जना संक्रमित थपिएका छन्। काठमाडौंमा ३ हजार ७२३, ललितपुरमा ९१६ र भक्तपुरमा ५५० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। संक्रमणबाट काठमाडौंमा एकजनाको मृत्यु भएको छ। मन्त्रालयका अनुसार परीक्षण गरिएकामध्ये ४४.९३ प्रतिशतमा कोरोना पुष्टि भएको छ।

यो संगै महामारी नियन्त्रका लागि काठमाडौं जिल्ला प्रशासनले पुन: २७ बुँदे आदेश जारी गरेको छ । काठमाडौं उपत्यकामा संक्रमणदर ह्वात्तै बढेसँगै आज राति १२ बजे पछि लागु हुनेगरी प्रशासनले विभिन्न २७ बुँदे आदेश जारी गरेको हो ।

गोष्टी, सेमिनार, बैठक गर्दा भर्चुअल माध्यमबाट गर्न र भौतिक रुपमा उपस्थितमा गर्नुपर्ने कार्यका लागि २५ जनासम्म मात्र सहभागी हुन निर्देशन दिइएको छ । माघ १५ गतेसम्म सिनेमा हल, डान्सबार, दोहोरी, नाचघर, हेल्थ क्लब, जिमखाना, स्विमिङ पुललगायत बन्द गर्न निर्देशन दिइएको छ ।

विद्यालय, विश्वविद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम तथा विविध शैक्षक क्रियाकलाप पनि माघ १५ सम्म बन्द गर्नुपर्ने आदेशमा उल्लेख छ । परीक्षा भने स्वास्थ्य मापदण्ड पालना गरी सञ्चालन गर्न सकिने बताइएको छ ।

सार्वजनिक स्थलमा माघ ७ गतेदेखि अनिवार्य खोप कार्ड देखाउनु पर्ने, सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने लगाएत २७ बुँदे निर्देशन जारी गरिएको हो ।
हेर्नुहोस् सूची

प्रतिक्रिया दिनुहोस