अमेरिकामा ट्रेनअगाडि धक्का दिएर एसियाली महिलाको हत्या, आरोपीले भने ‘म भगवान हुँ’(भिडियो)

काठमाडौं। अमेरिकाको न्यूयोर्क सहरको टाइम्स स्क्वायर मेट्रो स्टेशनमा शनिबार एक व्यक्तिले ४० वर्षकी एक एसियाली महिलालाई गुडिरहेको ट्रेनअगाडि धक्का दिएर मारिदिएका छन् । धक्का दिने व्यक्तिलाई गिरफ्तार गरिएको छ ।

घटनाका बेला म्यानहट्टनको अपर वेस्ट साइडमा बस्ने मिशेल एलिसा गो प्लेटफर्ममा उभिएर ट्रेन आउने प्रतिक्षा गरिरहेकी थिइन् ।त्यही बेला अचानक उनलाई पछाडिबाट धक्का दिइयो र उनी ट्रेनको लिकमा लडिन् । उनी अगाडिबाट आइरहेको ट्रेनसँग ठोक्किइन् । घटनास्थल पुगेको पुलिसले उनी बेहोस भएको र गम्भीर चोट लागेको अवस्थामा फेला पारेको थियो ।

आहरोपीको पहिचान ६१ वर्षका साइमन मार्शलको रुपमा गरिएको सीएनएनले जनाएको छ । उनीविरुद्ध हत्याको अभियोगमा मुद्दा दर्ता गरिएको छ । घटनास्थलबाट भागेका उनले एक घण्टाभन्दा कम समयमै पुलिसको अगाडि आत्मसमर्पण गरेका थिए । मिडिया रिपोर्टका अनुसार आरोपी साइमन मार्शल मानसिक रुपमा अस्वस्थ छन् ।

प्रतिक्रिया दिनुहोस