युवतीले परिक्षामा नम्बर बढाई मागिन्, शिक्षकले राखे यस्ते प्रस्ताव! सुनेर छात्रा चकित

काठमाडौँ , महिलामाथि हुने हिं; सा सर्वत्र फैलिएको छ । नेपालमा मात्र होइन अन्य देशका महिला पनि यस्तो हिं; साको शि का र बनिरहेका छन् ।यस्तै नाइजेरियाका प्राध्यापक रिचार्ड एकिन्डेललाई छात्रासँग अ; नैतिक काम गर्ने प्रस्ताव गरेको अभियोगमा जे ल सजाय तोकिएको छ ।

सिएनएनका अनुसार एकिन्डेलले मोनिका ओसागीको नम्बर बढाउनका लागि उनीसँग यस्तो प्रस्ताव गरेका थिए ।उनलाई छात्रामाथि अनुचित व्यवहार गरेको, आफ्नो उमेर ढाँटेको र प्रमाणमा फेरबदल गरेको आरोपमा दुई वर्षको जे ल सजाय तोकिएको छ ।

शिक्षकको ब्यवहारमाथि ती छात्रालाई पहिले देखि नै शंका थियो त्यसैले २३ वर्षे ओसागीले सिएनएनसँगको अन्तर्वार्तामा एकिन्डेलविरुद्ध प्रमाण जुटाउनका लागि उनको कुराकानीलाई गोप्य तरिकाले रेकर्ड गरेको बताइन् ।उनले त्यो रेकर्ड सार्वजनिक गरिदिइन् । ओसागीले सिएनएनलाई दिएको अन्तर्वार्ताको एक महिनापछि एकिन्डेललाई ओबाफेमी एवोलोवो युनिभर्सिटीले निष्कासित गरेको छ । एजेन्सी

यो पनि :-जाडोमा सुत्दा भुलेर पनि नगर्नुहोस् यो गल्ती, मुटुका लागि घातक हुनसक्छचिसो बढ्दै गइरहेकाे छ । मौसम परिवर्तनले शरीरलाई धेरै प्रकारले प्रभाव पार्छ ।अत्यधिक चिसोका कारण रुघा, खोकी, एलर्जी र ज्वरो जस्ता समस्या देखिन सक्छन् ।

जाडोका कारण अधिकांश समय अल्छी हुने, खानपानमा ध्यान नदिने हुँदा जानीनजानी विभिन्न स्वास्थ्य समस्या निम्तिरहेका हुन्छन् । जाडोमा शरीरलाई चिसोबाट जोगाउन मानिसहरू न्यानो जाकेट, स्विटर, ऊनको लुगा र अन्य बाक्ला लुगा लगाउने गर्छन् ।

ऊनले तातो प्रदान गर्नुका साथै र यसको फाइबरमा लुकेको तापले शरीरबाट उत्पन्न हुने गर्मीलाई कपडाभित्र बन्द राख्छ । यही कारणले गर्दा ऊनी कपडाबाट हाम्रो शरीरमा चिसोले असर गर्दैन । प्रायः मानिसहरू राति ऊनीको लुगा लगाएर सुत्छन् । तर, यसरी ऊनीको लुगा लगाएर सुत्नाले स्वास्थ्यलाई नोक्सान हुन्छ ।

विज्ञहरुका अनुसार जाडो मौसममा हाम्रो रक्तनली खुम्चिन्छ । ऊनी लुगा लगाएर सुत्दा शरीर न्यानो हुन्छ, तर कहिलेकाहीँ यसले उकुसमुकुस गराउने, बेचैन हुने, कम रक्तचापको समस्यालाई पनि बढाउँछ । ऊनी लुगा लगाएर सुत्दा छाला सुक्खा हुने, र्‍यासेज आउने, एलर्जी र चिलाउने समस्या हुन सक्छ ।

त्यसैले जाडोमा ऊनी स्वेटर लगाएर सुत्नु हुँदैन । यसबाहेक, स्वेटर लगाउनुअघि शरीरमा राम्रो गुणस्तरको बडी लोसन लगाउनुपर्छ। यसले छालालाई ओसिलो र एलर्जीको समस्या हुने सम्भावनालाई कम गर्छ । ऊनी कपडाको फाइबर सामान्यतया कपास फाइबरभन्दा बाक्लो हुन्छ । तिनीहरूबीचको सानो एयर पकेट इन्सुलेटरको रूपमा काम गर्छ ।

जाडोमा मानिसहरू ऊनी लुगा लगाएर सिरक वा ब्लाङ्केट पनि ओढ्ने गर्नुपर्छ । ऊनी कपडाको रेशाले हाम्रो शरीरको तापलाई भित्रबाट बन्द गर्छ । कतिपय अवस्थामा शरीरबाट निस्कने ताप मधुमेह र मुटुका बिरामीका लागि घातक हुन सक्छ । त्यसैले यस्ता व्यक्तिले जाडोमा ऊनी लुगा लगाएर सुत्ने गल्ती गर्नु हुँदैन ।

विज्ञहरू शरीरलाई न्यानो राख्नका लागि ऊनलाई राम्रो मान्छन् तर यसले शरीरबाट निस्कने पसिनालाई राम्रोसँग सोस्दैन । फलस्वरूप, यसबाट ब्याक्टेरिया उत्पन्न हुन्छ र कहिलेकाहीँ शरीरमा दाग पनि निस्कन्छ । हाम्रो खुट्टालाई पनि तातो र सुख्खा वातावरण मनपर्छ । कटनका मोजाहरू खुट्टाका लागि सहज मात्र होइन, यसले पसिना पनि सजिलै सोस्छन् ।

आजतकले उल्लेख गरेअनुसार जाडोमा मोजा लगाएर सुत्दा जोर्नीमा रगत जम्ने खतरा हुन्छ । यसले मुटुबाट जोर्नीमा हुने रक्त प्रवाह र रक्त सञ्चालनमा प्रभाव पार्छ ।

त्यसैले जाडोमा मानिसहरूलाई ऊनको सट्टा सुतीको मोजा लगाएर सुत्न सल्लाह दिइन्छ । यदि राति ऊनी लुगा लगाएर सुत्नु परेमा केही कुरालाई ध्यानमा राख्नुपर्छ । भित्रबाट सुतीको लुगा लगाएर त्यसपछि माथिबाट ऊनी लुगा लगाउन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस