गोरी हुन मनलाग्छ ? आजबाटै नखानुहोस् यी ७ खाना, जसले छालालाई बनाउँछ कालो !

काठमाडौं । तपाईंको खानपिनको व्यवहारले पनि तपाईंको छालालाई कालो बनाइरहेको हुन्छ भन्दा सायद तपाईंलाई अचम्म लागेको होला । तर यस्ता केही खानेकुरा छन् जसले छालाको तन्तुमा नकारात्मक असर पर्दछ । यिनीहरुले छालालाई खराब गर्दछ र अनुहारको चमकमा कमी ल्याउँछ ।

गोरो बन्नको लागी खान नहुने ७ खाना

१. स्पाइसी फुडः यसले शरिरको तापक्रम बढाउँछ जसले रक्तवाहिनी फैलाउँछ । यसैका कारण कम्प्लेक्सन डार्क हुनथाल्छ ।

२. कफीः यसमा पाइजे क्याफिनले स्ट्रेस हर्मोनजस्ता कार्टिसोलको लेभल बढाउँछ जसका कारण छाला बिस्तारै बिग्रन्छ । यो क्रम बढ्दै गए तपाईंको फेयरनेसमा कमी आउँछ ।

३. ह्वाइट ब्रेडः यसले इन्सुलिनको लेभललाई बढाउँछ जसले छालामा तेलको उत्पादनमा वृद्धि गर्दछ । यसैका कारण फेयरनेस कम हुन्छ ।

४. तारेको खानाः यसमा फ्याटको मात्रा अत्यधिक हुन्छ जसले रक्तसंचारमा कमी ल्याउँछ र छालामा पर्याप्त मात्रामा अक्सिजन प्रवाह हुदैन । यसले पनि छाला कालो बनाउन सहयोग गर्दछ ।

५. पेय पदार्थः यसमा चीनिको मात्रा बढी हुन्छ र स्वस्थ छालाको लागि चाहिने फाइबर नहुने भएकाले रक्तसंचारमा कमी ल्याउँछ।

६. चीनिः यसले रगतको चीनिको मात्रालाई बढाउँछ जसले स्किन टिस्युजजस्ता कोलेजन खराब हुन्छ र फेयरनेसमा कमी आउँछ।

यो पनि पढ्नुहोस
ग्रह शान्तिदेखि अनेकौं रोग निको पार्नसम्म उपयोगी मसला

पेट फुल्ने समस्या छ ? सावधान ! हुनसक्छ यस्तो खतरनाक रोगको लक्षण

७. रक्सीरबियरः यो पिउँदा पिसाब धेरै लाग्छ र शरिरमा पानीको कमी हुन्छ । यसले छालाको तन्तुलाई खराब गर्दछ र छाला बिस्तारै कालो हुने गर्दछ।

यी खानेकुरा खानुहोस्ः

केरा : केरा भिटामिन ए, बी र इले भरपूर हुन्छ । यसले छालालाई जवान बनाउनुका साथै चम्किलो पनि बनाउँछ।

कागती पानीः भिटामिन सी र एसिडले स्किनलाई ब्लिच गरेर गोरो बनाउँछ । यसले चाउरीपना र ब्ल्याकहेडलाई कम गर्न मद्दत गर्दछ ।

गोलभेडाः यसमा पाइने लाइकोपिनले छालाको फेयरनेस बढाउँछ । यसले तौल कम गर्न पनि सहयोग गर्दछ।

गाजरः यसमा भिटामिन सी र क्यारोटिन पाइन्छ । गाजर र गाजरको जुस पिउँदा छाला र कपाल दुबै स्वस्थ हुन्छ।

डार्क चकलेटः यसले छालाको बनावटलाई निकै राम्रो बनाउँछ । यसले अल्ट्राभेयलेट किरणबाट पनि बचाउँछ । चकलेटमा पाइने कोको पोलिफेनाल्स र फ्लोवोजाइड्सले छालालाई गोरो बनाउन सहयोग गर्दछ ।

ग्रीन टीः ग्रीन टीको नियमित सेवनले छालामा भएको दाग धब्बा हटाउन सहयोग गर्दछ । यसका साथै ट्यानिङलाई हटाएर छाला नरम हुन सहयोग गर्दछ।

प्रतिक्रिया दिनुहोस