जुन सुकै उमेर या महिला पुरुष होस्, यति टिप्सले सुन्दरतामा अचम्मै निखार आउँछ…

जति उमेर बढ्दै जान्छ, जति तनावले घेर्छ, जति रोगले च्याप्छ उत्तिनै हाम्रो सौन्दर्य पनि फिका हुँदै जान्छ । हुन त सौन्दर्य उमेर अनुसार फरक फरक हुन्छ । ८० बर्षिय पाको व्यक्ति पनि सुन्दर र आकर्षक देखिन सक्छ ।

त्यसैले यो उमेर भन्दा पनि खानपान, आनीबानी र पहिरन शैलीमा निर्भर गर्ने कुरा हो । सधै सुन्दर र जवान देखिनका लागि पहिलो सर्त हो, स्वास्थ्य जीवन । शारीरिक रुपमा स्वास्थ्य र तन्दुरुस्त भइयो भने त्यसको प्रभाव अनुहार, छाला, केस सबैमा देखिन्छ ।

यसका लागि नियमित व्यायम, सन्तुलित खानपान जस्ता कुरालाई आत्मसात गर्नुपर्छ । यदि सधै सुन्दर, जवान र उर्जावान रहने हो भने योगलाई जीवनशैलीको एउटा हिस्सा बनाउनुपर्छ ।

सुन्दर रहने सुत्र : १. सन्तुलित र स्वास्थ्य खानपान, सरसफाई २. नियमित योग, व्यायम ३. प्राकृतिक सौन्दर्य प्रसाधनको प्रयोग

जीवनशैली बदलौ : १. सुन्दर देखिनका लागि मेकअपमा मात्र जोड दिनु हुदैन, जीवनशैलीमै परीवर्तन गर्नुपर्छ ।
२. पर्याप्त निदाउनु पर्छ, यसले केवल हर्मोन मात्र सन्तुलित रहदैन, प्रतिरोधात्मक क्षमता पनि वृद्धि हुन्छ । ३. मेकअप र कसरत भन्दा सुन्दरताको लागि आत्माविश्वास आवश्यक हुन्छ । ४. रिस, आवेग, क्रोधले सौन्दर्यमा ह्रास आउँछ । त्यसैले सधै खुसी देखिने अभ्यास गर्नुपर्छ ।

घरेलु विधीबाट प्राकृतिक सुन्दरता : १. सुन्तला र दहीको लेप वनाएर प्रयोग गरेर अनुहारमा गोरोपन ल्याउन सकिन्छ । २. वेसार, वेसन र दुधको मिश्रण वनाएर अनुहारमा १० मिनेटसम्म लगाउँने । त्यसपछि आइस फेसियल गर्नुपर्छ ।

३. मह र चियाको पानीको मिश्रण वनाएर प्रयोग गर्दा पनि अनुहार चम्किलो देखिन्छ । ४. चन्दन, गुलाबजल, पदिनाको रस मिलाएर अनुहारमा लगाएर १५ मिनेटसम्म राख्नुपर्छ, यसले दाग हटाएर चमक ल्याउँछ ।

५. २ चम्चा सोयाविनको आटा, एक ठूलो चम्चा दही र मह मिसाएर प्याक बनाउने । यसलाई १५ मिनेट अनुहारमा लगाएर सफा गर्नुपर्छ । ६. बेसन, काँचो दुध, केहि थोपा कागतीको रस र थोरै बेसारको लेप तयार गरेर शरीरको छालामा दल्नुपर्छ ।

७. ताजा अमला दुधमा हालेर पिस्ने, त्यसमा आधा चम्चा गुलावजल राखेर अनुहारमा हल्का मालिस गर्नुपर्छ । ८. दहीलाई कुनै फेस प्याक वा फलसँग मिलाएर अनुहारमा लगाउन सकिन्छ । त्यसले छाला नरम एवं मुलायम हुन्छ ।

कसरी नुहाउने ? : १. गर्मीको समयमा पसिना आउने भएकाले शरीर दुर्गन्धित हुनसक्छ । केहि घरेलु उपाय अपनाएर यसवाट वच्न सकिन्छ । २. नुहाउनुअघि गुलाव जल, कागती, वेसन, दही र वेसारको मिश्रण वनाएर शरीरमा दल्नुपर्छ ।

३. नीमको पानीले नुहाएर दुर्गन्ध हटाउन सकिन्छ । ४. वेसार र गाईको दुधको लेप वनाएर नुहाउन अघि शरीरमा दल्नुपर्छ ।

कसरी केस मुलायम र चम्किलो बनाउने ? :

१. कुनैपनि प्रकारको तेल तातो वनाएर केसमा लगाउनु राम्रो हुन्छ । यसले गर्दा तेल पूर्ण रुपमा केसमा फैलन पाउँछ । २. केसमा तेल लगाउनका लागि औंलाको प्रयोग गनुपर्छ । औंलालाई तेलमा डुवाएर केसको सवैतिर लगाउनुपर्छ ।

३. तेल लगाएर हातले केस रगड्नु हुदैन, यसले गर्दा केस कमजोर हुन सक्छ । ४. तेल लगाएको वेला केसको मसाज गर्नुपर्छ, जसले रक्त संचारमा हुन्छ । ५. टाउकोमा जति लामो समय तेल लगाइन्छ, उतिनै फाइदा हुन्छ ।

प्रतिक्रिया दिनुहोस