११ वर्षअघि हराएकी युवती छिमेकीकै घरमा फेला, कारण थाहाँ पाउदा सबै चकित

काठमाडौं – छिमेकी देश भारतमा युवति हराएको ११ बर्षपछि भेटेको छ । सुन्दा अनौठो लाग्न सक्छ ति युवति छिमेकीको घरमै लुकेर रहेको पत्ता लगाएको हो ।जब ति युवति एकाएक हराईन त्यतिबेलै उनी हराएको रिपोर्ट प्रहरीमा दर्ता गरिएको थियो ।

ती युवती छिमेकमै प्रेमीको घरमा एउटा कोठाभित्र लुकेर बसेकी थिइन् । ती युवती ११ वर्षसम्म प्रेमीकहाँ यसरी लुकेर बसिन् कि त्यही घरमा बस्ने प्रेमीका परिवारका सदस्यहरुले पनि थाहा पाएका थिएनन् ।

भारतको केरलाको पलक्कड जिल्लाको अइलुर गाँउमा घटेको घटना हो । द न्यू इण्डियन एक्सप्रेस समाचार अनुसार २०१० को फेब्रुअरीमा सजिथाको उमेर १८ वर्ष थियो जतिबेला उनी घरबाट हराएकी थिइन् । उनी हराएको रिपोर्ट पनि पुलिसमा दर्ता गराइयो ।

हराएको ११ बर्ष पुग्दा पनि उनको कुनै पनि अत्तो पत्तो थिएन । अहिले आएर बल्ल खुलासा भयो कि सजिथा छिमेकमै प्रेमी रहमानको घरमा बसिरहेकी थिइन् । सजिथाको घर र रहमानको घर मात्रै ५०० मिटर दूरीमा छन् । सजिथा हराएको ११ वर्षपछि रहमान पनि हराएपछि मात्रै सजिथा त्यहाँ भएको खुलासा भएको हो ।

मार्च २०२१ मा रहमान अचानक घरमा केही नभनी बेपत्ता भए । त्यसपछि रहमानका परिवारले पनि पुलिसमा खबर गरे । पुलिसले रहमानको खोजी गरिरहेका बेला रहमानका भाइले एक दिन अचानक उनलाई सडकमा देखे तर रहमान घर जान तयार भएनन् । लकडाउन भएकोले पुलिस चेकिङ चलिरहेको थियो ।

रहमानका भाइले रहमानको बारेमा पुलिसलाई बताइदिए त्यसपछि पुलिसले रहमानलाई चौकी लिएर गए । त्यसपछि सोधपुछको क्रममा रहमानले पुलिसलाई ११ वर्ष अगाडिदेखिको कहानी बताए । रहमानका अनुसार अहिले उनी कोठा भाडामा लिएर बसिरहेका छन् जहाँ उनको साथमा सजिथा पनि छिन् ।

रहमानले ११ वर्ष पहिलेदेखि भएको सबै घटनाक्रम विस्तारमा बताए । सजिथा ११ वर्षअघि घर छाडेर भागेपछि रहमानसँग आएकी थिइन् । त्यसपछि यी दुईले रहमानका परिवारलाई केही नबताइ रहमानकै कोठामा बस्न थालेका थिए । पुलिसले सजिथाको बयान पनि लिएको छ ।

रहमानको घरमा रहमानका माता पितासहित चार जना अरु पनि बस्थे । रहमानको कोठातिर कोही पनि जाने कोसिस गरे भने रहमान आक्रामक हुन्थे । कैयौं पटक उनी काममा पनि जाँदैनथे ।

उनी खाना पनि कोठामै लगेर खान्थे । यस्तै गरी यति धेरै वर्ष चलिरह्यो । रहमानको कोठामा ट्वाइलेट बाथरुम पनि थिएन । यस्तोमा जब परिवारका सबै सुत्थे त्यसपछि सजिथा झ्यालबाट बाहिर जाने र भित्र आउने गर्थिन् ।

यसको लागि रहमानले झ्यालको ग्रिल निकालेका थिए । सजिथाले काफू कोठाबाट बाहिर निस्किन र फेरि भित्र जान झ्यालको प्रयोग कसरी गर्थिन् भन्ने देखाएकी छिन् ।

यति धेरै वर्षसम्म लुकेर बस्दा आफूहरु दिक्क भएपछि यही वर्षको मार्चमा आफूहरु बाहिर आएको रहमानले बताएका छन् । बाहिर आएपछि उनीहरु कोठा भाडामा लिएर बस्न थालेका थिए ।

उनीहरुले सुनाएको कुराबारे जाँच गर्दा सबै कुरा सत्य भएको पाइएको छ । उनहिरुलाई अदालतमा पेश गरिएकोमा अदालतले उनीहरुलाई साथमा बस्न अनुमति दिएको छ । उनीहरु अहिले भाडाको कोठामै बस्छन् । अहिले रहमानको उमेर ३४ वर्ष र सजिथाको उमेर २९ वर्ष भएको छ । डिसि नेपालबाट

प्रतिक्रिया दिनुहोस