नेपालमा आज एकैदिन १२३३८ जनालाई को’रोना संक्रमण पुष्टि

काठमान्डौ- नेपालमा आज एकैदिन १२३३८ जनालाई को’रोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य मन्त्रालयले दिएको विवरण अनुसार पीसीआर परीक्षणबाट १० हजार ५२ र एन्टिनेज परीक्षणबाट २२८६ जनामा को’रोना पुष्टि भएको छ ।

३४ घण्टामा २७ हजार ४७९ को’रोना परीक्षण भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । यसमा २१ हजार ७ पीसीआर र ६ हजार ४९० एन्टिजेन परीक्षण भएको छ । २३ घण्टामा ६४९ जना को’रो’नामुक्त भएका छन् । को’रोनाबाट मृ’त्यु हुनेको संख्या ४ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

नेपालमा तीन दिनदेखि लगातार को’रोनाको रकर्ड बनिरहेको छ । बुधबार ११ हजार ३५२ मा र मंगलबार १० हजार २५८ मा को’रोना पुष्टि भएको थियो ।

यो पनि – सरकारले को-भि’ड–१९ विरुद्ध फ्रन्टलाइनमा खटेर काम गर्ने स्वास्थ्यकर्मीलाई ५० प्रतिशत जोखिम भत्ता दिने तयारी गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलकाअनुसार को-भि’डमा खटिने स्वास्थ्यकर्मीलाई ५० प्रतिशत जोखिम भत्ता दिने तयारी छ ।

‘हामीले को-भि’ड–१९ मा खटिने स्वास्थ्यकर्मीलाई माघ, फागुन र चैतको ५० प्रतिशत जो’खिम भत्ता दिने तयारी अगाडि बढाएका छाैं ,’ उनले भने । उक्त भत्ता बारे स्वास्थ्यले फाइल तयार गरिसकेकाले केही दिनमै त्यो फाइल अर्थ मन्त्रालय पठाउने तयारी छ ।

को-भि’ड–१९ को तेस्रो लहरमा स्वास्थ्यकर्मीहरु पनि तीब्र रुपमा संक्रमित भइरहेका छन् । स्वास्थ्य मन्त्रालयको यो तयारीले उनीहरुलाई फ्रन्टलाइनमा काम गर्ने प्रोत्साहित गर्ने विश्वास गरिएको छ ।यसैबीच त्रिभुवन विश्वविद्यालयले सञ्चालन भइरहेका सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको छ ।

त्रिविको बिहीबार बसेको बैठकले ९ माघ आइतबारदेखि अर्काे सूचना जारी नभएसम्मका लागि वार्षिक तथा सेमेष्टर प्रणालीका सम्पूर्ण परीक्षाहरु स्थगित गर्ने निर्णय गरेको हो । विद्यार्थी, कर्मचारी र प्राध्यापकहरूलाई नै को’रोना संक्रमण भएकाले ९ माघदेखि अर्काे सूचना जारी नभएसम्मका लागि त्रिविले सञ्चालन गरेका वार्षिक तथा सेमेष्टर प्रणालीका सम्पूर्ण परीक्षाहरू स्थगित गर्ने निर्णय भएको त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्ति :त्रिभुवन विश्वविद्यालय अन्तर्गत हाल संचालन भईरहेका अधिकांश परीक्षाहरु सम्पन्न भईसकेका, केही परीक्षा सम्पन्न हुने क्रममा र संचालनको पूर्व तयारी अवस्थामा रहेको र विश्वव्यापी रुपमा फैलिएको ओ’मिक्रोन भेरियण्टको तीब्र संक्रमणका कारण उपत्यका र बाहिरका अधिकांश परीक्षा केन्द्रमा परीक्षासँग सम्बन्धित विद्यार्थी,

कर्मचारी एवम् प्राध्यापक समेत संक्रमित भएका कारण त्रि.वि केन्द्रीय परीक्षा संचालक समितिको मिति २०७८।१०।६ गते बसेको बैठकबाट हाल त्रि.वि द्वारा संचालित वार्षिक तथा सेमेष्टर प्रणालीका सम्पूर्ण परीक्षाहरु यही मिति २०७८ माघ ९ गतेदेखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।

प्रतिक्रिया दिनुहोस