कैलालीमा प्रहरीले नै चोरे मोवाइल, भिडियो भाइरल

काठमाडौ । चोरी गर्नेलाई पक्राउ गर्ने प्रहरी आफै चोरीमा संलग्न भए के होला ? त्यस्तै भएको छ कैलालीमा । जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत प्रहरीले नै मोबाइल चोरेको घटना बाहिरिएको छ । धनगढीमा रहेको ग्लोबल मोबाइल ग्यालरीवाट मोवाइल चोरी भएको हो । चोरी गर्नेमा दुई जना प्रहरी संलग्न भएको देखिएको हो ।

मोबाइल चोरी गरेका दुई जना प्रहरीमाथि छानबिन थालिएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत प्रहरी हवल्दार होमबहादुर माल र प्रहरी जवान भरतबादुर बुढा माथि अनुसन्धान थालिएको हो । प्रहरीले उनीहरुलाई पक्राउ गरी अनुसन्धान थालेको छ । हाल उनीहरुलाई जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले दुबै जनालाई हिरातसमा राखिएको बताए । ला,गू औषधको कारोबार भइरहेको सूचना पाएपछि मोबाइल ग्यालरीमा प्रहरी खटिएको थियो। सोही क्रममा ग्यालरीमा चोरी गरेको भिडियो सार्वजनिक भएको हो ।

उक्त भिडियो सार्वजनिक भएपछि उनीहरुलाई हिरातसमा राखिएको प्रहरी नायब उपरीक्षक जोशीले बताए ।हिजो मात्रै ला,गूऔषध कारोबार भइरहेको भन्ने सूचनाका आधारका सो ग्यालरीबाट तीन जनालाई प्रहरीले प,क्राउ गरेको थियो।

मोबाईल पसलमा छापा हा न्न गएका प्रहरीले नै मोबाईल चो,रिरहेको भिडियो समेत सार्वजनिक भएको छ । मोबाईल पसलबाट ला गु औषधको कारोबार भईरहेको भन्दै छापा मा र्न गएको प्रहरीले नै मोबाइल चोरिरहेको भिडियो सार्वजनिक भएपछि संलग्न प्रहरीमाथी कारबाहि सुरु भएको छ । कैलालीको धनगढीमा सुवास रावलले सञ्चालन गरिरहेको ग्लोवल मोबाइल ग्यालरीमा छापा पार्न गएका प्रहरीले मोबाईल पसलबाट दुई वटा मोबाईल चोरेका थिए ।

माघ ५ गते साझ ८ बजे धनगढीको चौराहमा रहेको ग्लोवल मोबाइल ग्यालरीमा जिल्ला प्रहरी कार्यालयको टोली ला गु औषधका बिषयमा छापा हा न्न पुगेको थियो ।प्रहरीले मोबाईल पसलको खानतलासी लिनेक्रममा मोबाईल चोरीरहेको सिसि क्यामरामा कै द भएको भिडियोमा देख्न सकिन्छ ।

मोबाईल चोरीको भिडियो सार्बजनिक भएपछि प्रहरीले जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत एक जना हवल्दार र अर्का एक जवान हिरासतमा राखी कारबाहि अगाडी बढाएको छ । मोबाईल ग्यालरीका सञ्चालक सुवास रावलले भिडियो प्रमाणसहित प्रहरी कार्यालयमा निवेदन दिएपछि घ,टना बाहिर आएको हो ।

प्रतिक्रिया दिनुहोस