अटेरी बच्चा छन् भने यस्तो गर्नै पर्छ घरमा, नत्र बच्चाको बानी जिन्दगीभर रहन्छ

तपाईंको बच्चा दश बर्षका मात्र छन्, तर उसले आफुले आफुलाई अलि बढी जान्ने ठान्छन् । ऊ चाहन्छ कि, सबैले उसको कुरा मान्नुपर्छ । आफ्नो बच्चाको यस्तो प्रवृत्तिदेखि पक्कैपनि तपाईं दुखी हुनुहुन्छ । बच्चाको यस्तो बुझाई पक्कैपनि चित्तबुझ्दो छैन, उसले आफुलाई आवश्यक्ताभन्दा ठूलो ठानिरहेको छ । तर, तपाईं यो पनि चाहनुहुन्न कि, उसले आफुलाई एकदमै कमजोर ठानोस् । आफ्नो बच्चाको आत्म-सम्मानमा ठेस नपुर्‍याइ कसरी उसलाई नम्र बनाउने ?

तपाईंलाई के कुरा थाहा हुनुपर्छ ? – केही समययता परामर्शदाताहरुले आमाबुबालाई यस कुरामा बढाव दिए कि, बच्चालाई यसरी हुर्काउनुहोस् । यसो गर्नुहोस् । त्यसो नगर्नुहोस् । उनीहरुले भने, -बच्चाको हरेक माग पुरा गरिदिनुहोस् ।

– उनीहरुलाई खुब तारिफ गर्नुहोस् । -उनीहरुलाई कहिल्यै नपिट्नुहोस्, गाली नगर्नुहोस् । के मानियो भने, बच्चालाई यस्तो व्यवहार गर्दा उनीहरुको आत्मसम्मान बढ्छ । तर, यसो गर्दा बच्चामा कस्तो असर हुन्छ ?

एक अंग्रेजी पुस्तकमा लेखिएको छ, ‘जब आमाबुबाले बच्चाको आत्मसम्मान बढाउने चक्करमा हरेक कुरा उनकै मर्जी अनुसार गर्ने छुट दिन्छन्, त्यसले बच्चालाई खुसी दिने होइन । बरु, हरेक कुरा आफु अनुसार हुनुपर्छ भन्ने मान्यता विकास हुनपुग्छ ।

उनीहरु आफुलाई सर्वोपरी ठान्न थाल्छन् ।’ जुन बच्चालाई अनावश्यक तारिफ गरेर हुर्काइन्छ, उनीहरुले ठूलो भएर समस्याको सामाना गर्न सक्दैनन् । यदि उनले सोचेजस्तो सबैकुरा ठिकठाक भएन भने, त्यसलाई झेल्ने क्षमता उनीसँग हुँदैन ।

किन यस्तो हुन्छ भने, बाल्यकालमा उनीहरुलाई केवल आफ्नो आवश्यक्ता पुरा गर्न मात्र सिकाइएको छ । त्यसैले ठूलो भएपछि कुनैपनि समस्याको हल गर्ने सामथ्र्य उनीहरुसँग हुँदैन । साथी बनाउने, समस्याको हल गर्ने कुरामा उनीहरुको ढंग पुग्दैन ।

यस्तो अवस्थामा उनीहरु निराश हुन पुग्छन् । यसले उनीहरुलाई हिनताबोधको सिकार बनाउँछ । अब के गर्ने त ? – अब के गर्ने त ? बच्चासँग कस्तो व्यवहार गर्ने ? कसरी उसलाई सही कुरा सिकाउने त ?

बच्चाको आत्मसम्मानमा ठेस पुर्‍याउनु हुँदैन । तर, यससँगै उनीहरुलाई मेहनत गरेर केही हासिल गर्न पनि सिकाउनुपर्छ । उनीहरुलाई ‘तिमी नै बिशेष हौ’ भन्ने कुराबाट मुक्त राख्नुपर्छ । उसलाई केही गर्न सिकाउनुपर्छ । समस्यासँग जुध्न, हल गर्न सिकाउनुपर्छ । उनलाई अर्काको पनि ख्याल राख्न सिकाउनुपर्छ । यी सबै गर्नका लागि नम्रता आवश्यक हुन्छ ।

अब यसो गरौं – बच्चालाई त्यसबेला मात्र तारिफ गरौं, जब उसले वास्तवमै राम्रो काम गरेको छ । कुनै उपलब्धी हासिल गरेको छ । काम गर्ने प्रयास गरेको छ ।

यदि बच्चाले खेलकुदमा प्रगति गरेको छ भने उसलाई ‘स्याबास्’ भन्नुहोस् । बच्चाले यदि पढाइमा कम अंक हासिल गर्‍यो भने शिक्षकलाई गाली नगरौं । यस्तो गर्दा तपाईको बच्चा नम्र हुँदैन । बरु, बच्चालाई सम्झाउनुहोस् कि कसरी राम्रो अंक हासिल गर्ने ? जब उसले मिहेनत गरेर केही हासिल गर्छ, तब उसको तारिफ गर्नुहोस् ।

आवश्यक परे गल्ती सुधार गरौं – बच्चाले गल्ती गर्छ । स्वभाविक हो । यसको अर्थ यो होइन कि, बच्चाले गर्ने हरेक गल्तीलाई छुट दिनुपर्छ । अर्कोकुरा, बच्चाले गल्ती गर्दैपिछे उसलाई गाली गर्ने भन्ने पनि होइन ।

तर, बच्चाले जानीबुझी कुनै गल्ती गर्छ भने त्यो कुरा उसलाई महसुष गराउनुपर्छ कि, त्यो गलत हो । किनभने त्यस्ता गल्तीहरुमा माफी दिएर पुग्दैन, सुधार आवश्यक हुन्छ । नभए नराम्रो बानीको विकास हुन्छ । जस्तो कि, कुनै बच्चाले आफुलाई धेरै जान्ने ठान्छ ।

यति उसलाई सुधारिएन भने उनमा घमण्ड बढ्छ । दम्भ बढ्छ । कतिपय गल्तीहरुमा उनीहरुलाई छुट दिन सकिदैन । त्यो गल्ती महसुष गराउनुपर्छ । गल्ती सुधार्नका लागि मौका दिनुपर्छ । तर, यस्तो कुरा पिटेर, डर धम्की दिएर होइन । महसुष गराएर गराउनुपर्छ ।

अप्ठ्यारोसँग जुध्न सिकाउनुपर्छ – बच्चाको सबै इच्छाहरु पुरा गर्दै जाने हो भने, त्यसले बच्चाको बानी बिग्रन्छ । उनीहरुले ठान्छन्, मैले जे सोच्छु, त्यो पुरा हुन्छ । बच्चाले मागेका ति सबै कुरा पुरा गरिदिन आवश्यक छैन । बरु, उसको आवश्यक्ता के हो, त्यो भने पुरा गरिदिनुपर्छ ।

अर्को कुरा, बच्चाको मागहरु पुरा गर्नका लागि अभिभावकलाई कति समस्या छ भन्ने कुरा बुझाउनुपर्छ । हरेक कुरा सजिलै उपलब्ध गराउनु हुँदैन । उनीहरुले मागेको कुरा पुरा गर्नका लागि अभिभावकले कसरी पैसा खर्च गर्नुपर्छ, त्यो पैसा कसरी कमाउनुपर्छ भन्ने कुरा बुझाउनुपर्छ ।

उनीहरुलाई यो कुरा महसुष गराउनुपर्छ कि, सोचेजति सबै कुरा पुरा हुँदैन । सबै कुरा ठिकठाक हुँदैन । कहिले काहिँ अभाव हुन्छ, समस्या हुन्छ । त्यस्ता समस्यासँग कसरी जुध्ने भन्ने कुरा सिकाउनुपर्छ । वा अनुभव गराउनुपर्छ । यस्तो कुरा नसोच्नुहोस् कि, बच्चाले कुनै झन्झट सामना गर्नु नपरोस् । किनभने त्यस्ता झन्झटहरुबाट उनीहरुले धेरै कुरा सिक्छन् । झन्झट एवं समस्याको हल स्वयम्लाई खोज्न दिनुपर्छ ।

अर्काको सेवा गर्न सिकाउने – भनिन्छ, लिनुभन्दा बढी खुसी दिनुमा छ । अरुको दुख, कष्ट, पीर, समस्यालाई बुझ्ने र सहयोग गर्ने तत्परता हुनुपर्छ । र, यस्तो भावना बच्चामा पनि विकास गरिदिनुपर्छ । बच्चालाई सधै सहयोगी बन्न प्रेरित गरौं । दयालु बन्न प्रेरित गरौं ।

अर्काको दुखमा सहयोग गर्न सिकाऔं । यसका लागि तपाईं स्वयम् उदाहरण बन्नुपर्छ । नम्र बन्न सिकाउने – बच्चालाई आफुमात्र सर्बोपरी भन्ने मानसिकता त्याग्न लगाउनुपर्छ । उनीहरुलाई व्यवहारिक जीवन कसरी बाँच्ने भन्ने कुरामा अभ्यस्त गराउनुपर्छ । दुखको सामना गर्ने, सुखमा रमाउने, अरुको सहयोग गर्ने बानीको विकास गराउनुपर्छ । अहंकार, दम्भ, झगडालु रवैया हटाउनुपर्छ ।

 

प्रतिक्रिया दिनुहोस