कोटेश्वरबाट पठाओ राइडरलाइ नि’यन्त्रणमा लिने दुई युवक

काठमाडौं । कोटेश्वरबाट पठाओ चालक अ’पह’रण’मा परेका छन् । शनिबार राति ११ बजे उनी अ’पह’र’णमा प’रेका प्रहरीले जनाएको छ । शनिबार राति कोटेश्वरबाट चढेका युवाले धापाखेल पुर्याएर उनला लु’टपा’ट गरेका थिए । उनको मु’खमा टे’प र हा’तखु’ट्टा डो’री’ले ‘बाँ’धेर नगद ८ हजार र मोटरसाइकल समेत लिएर अर्का व्यक्तिसँगै फ’रा’र भएका थिए ।

आइतबार बिहान साढे १ बजे पठाओ चालकलाई हा’रगुहा’र मा’ग्दै गरेको अवस्थामा स्थानीयले भे’टेका थिए । स्थानीयले प्रहरीलाई उनको अवस्थामा जानकारी गराएपछि तत्काल उद्धार गरी पाटन अस्पताल पुर्याएको थियो ।

पठाओ बुक लगेर लैजाने २१ वर्षीय सुमन तामाङ र धापाखेलमा ब’न्ध’क ब’ना’उन सहयोग गर्ने उनका साथी मिनराज राई पक्राउ परेका छन् । आइतबार बिहान दुई जनालाई बलम्बुस्थित चन्द्रागिरी रिकन्डिसन सोरुममा राइडरको मोटरसाइकल विक्री गर्न लागेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

घटना शनिबार राति ११ बजेको हो। प्रहरी उपरीक्षक शाहका अनुसार सुमन काठमाडौंको कोटेश्वरबाट धापाखेल जान खोज्दै थिए। उनले त्यसको लागि पठाओ राइडरलाई बोलाए। उनलाई लिन राति पठाओ राइडर उदयपुर गाईघाट घर भई काठमाडौंमा बस्ने २५ वर्षीय प्रविन राई आएका थिए।

उनी बागमती प्रदेश ०२०-०१-००१ प ११६६ नम्बरको एनएस पल्सर मोटरसाइकल चलाउँछन्। सुमनले राइडरलाई आफू सानेपा जाने भनेका रहेछन्। उनले सुमनलाई कोटेश्वरबाट ललितपुर महानगरपालिका-२४ धापाखेलस्थित आँखीदहमा पुर्‍याइदिए। तर त्यहाँ मिनराज राई पहिल्यै कुरेर बसेको प्रहरी उपरीक्षक शाहले बताए।

‘चालकलाई सानेपा जाने भनेर धापाखेल लगेका रहेछन्,’ उनले भने, ‘सुमन यात्रु नै बनेर गएका थिए। कुनै चिनजान थिएन।’ त्यसपछि दुई जनाले मिलेर प्रविनलाई कु’टपि’ट गरेका थिए। कु’टपि’टप’छि उनीहरूले प्रविनको हा’त प’छाडि’बाट बाँ’धिदि’एका थिए।

उनको मुखमा पनि पट्टी लगाएर सडकबाट तल एकान्त झा’डीमा फा’लेर दुबै जना मोटरसाइकल लिएर फ’रार भएको परिसरले जनाएको छ।

‘आइतबार बिहान साढे १ बजे स्थानीयले धापाखेलमा ब’न्ध’क बनाइएका राइडर काठमाडौंका २५ वर्षीय प्रविन राइलाई हारगुहार गर्दै गरेको देखेपछि प्रहरीलाई खबर गरेका थिए’ उनले भने, ‘खबर पाएलगत्तै खटिएको प्रहरी टोलीले उद्दार गरी उपचारका लागि पाटन अस्पताल लगेको थियो ।’

आम्दानीको गतिलो स्रोत बन्दै पठाओ, यसरी बन्न सकिन्छ राइडर

संक्रमण कहरकै कारण अर्थतन्त्रमा परेको असरले विभिन्न क्षेत्रमा रोजगारीका अवसर खुम्चिएको छ । यस्तो अवस्थामा लोकप्रिय राइड शेयरिङ प्लेटफर्म ‘पठाओ’ भने सबैका लागि रोजगारीको माध्यम बनिरहेको छ ।

पठाओले राइडरका लागि आधारभूत तालिम अनलाइन मार्फत नै सञ्चालन गरी पार्ट टाइम तथा फुल टाइम जबको अवसर प्रदान गरिरहेको पठाओ नेपाल प्रालिले जनाएको छ ।

कम्पनीका अनुसार कोरोना कहरअगाडि कार्यालयमै सञ्चालन हुँदै आएको तालिम हाल स्वास्थ्य सुरक्षाको सावधानी अपनाउन अनलाइन मार्फत सञ्चालन गरिएको हो ।

कोरोनाको समयभन्दा अगाडि दैनिक सय राइडरले आधारभूत राइडर तालिम लिएर पठाओ सेवा सुरु गर्ने गरेकोमा अहिले दैनिक २ सय राइडर पठाओमा जोडिँदै आएको पठाओ नेपाल प्रालिका क्षेत्रीय निर्देशक अशिममान सिंह बस्न्यातले बताएका छन् ।

पठाओमा कसरी जोडिने ?

त्यसका लागि तपाईं एकपटक बानेश्वरमा रहेको पठाओको कार्यालयमा पुगी नाम र फोन नम्बर दर्ता गराउनुपर्छ । त्यसपछि मोबाइलमा एसएमएसमा मार्फत अनलाइन तालिमको लिंक प्राप्त हुनेछ ।उक्त सो लिंक खोली तोकिएको समयमा तालिम लिन सकिने छ ।

सिकेवल नेपाल प्रालिले सहजीकरण गर्ने अनलाइन तालिम करिब १ घण्टा अवधिको हुनेछ । तालिममा पठाओ एप चलाउन, दर्ता प्रक्रिया र डकुमेन्ट अपलोड गर्ने लगायतका विषयमा जानकारी दिइने छ । यसका साथै ग्राहकसँग गर्नुपर्ने व्यबहार र इन्स्योरेन्स पोलिसीका बारेमा पनि तालिममा सिकाइने कम्पनीले जनाएको छ ।

त्यतिमात्रै नभएर तालिममा राइडका क्रममा आइपर्ने समस्या समाधानका उपाय र कम्पनीको नियमका बारेमा समेत जानकारी दिइने छ ।

कम्पनीका अनुसार हाल दिनमा २ पटक तालिम सञ्चालन हुँदै आएको छ । जसमा बिहान ८ बजे र दिउँसो साँढे २ बजे रहेको छ । हप्तामा सातै दिन हुने तालिम शनिवार बिहान मात्र र आइतबार दिउँसो मात्र सञ्चालन हुने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार तालिमपछि राइडरले पठाओ एपमा आवश्यक कागजात (नागरिकता, ब्लु बुक, सवारी चालक अनुमतिपत्र) अपलोड गर्नुपर्ने हुन्छ । पारिवारिक सदस्यको नाममा भएका र फाइनान्स गरिएका बाइक पनि प्रयोग गर्न सकिन्छ ।

कागजात अपलोड गरेको ३ दिनभित्र पठाओले भेरिफाइड गरेपछि राइडरले काम सुरु गर्न सक्छन् ।

 

प्रतिक्रिया दिनुहोस