अनुहारको छाला चम्काउन प्रयोग गर्नुहोस् यी ३ मध्ये कुनै एक घरेलु औषधि

काठमाडौँ । भान्सामै हुने कतिपय औषधिहरुले तपाईंको छालालाई निकै फाइदा पुर्याउँछ। भान्सामा पाइने विभिन्न चीजहरुको प्रयोगबाट अनुहारमा भएको दागदब्बा र फोहोर हटाउन सकिन्छ।

जान्नुहोस् यी ३ उपायः

१) मह र टमाटरको प्याक
मह र टमाटरले अनुहारमा आउने चाउरी र बुढोपन हटाउन मद्दत गर्छ । यसको प्याक बनाउनका लागि आधा कप टमाटरको लेदोमा १ चिया चम्चा शुद्ध मह मिसाउने र अनुहारमा लगाउने । १५ मिनेटसम्म उक्त प्याक अनुहारमा राखेर चिसो पानीले मुख धुने।

महमा प्राकृतिक एन्टिसेप्टिक, किटाणुरोधी र एन्टिइन्फ्लेमेटरी गुण हुन्छ। जसले अनुहारलाई दागरहित बनाउँछ । यसका साथै टमाटरमा पाइने विभिन्न पोषक तत्वले अनुहारको छालालाई स्वस्थ्य राख्छ।

टमाटरमा हुने भिटामिन सीले अनुहारको दागधब्बा हटाउँछ। पोटाशियम र म्याग्नेशियम हुने भएकाले यी चिजले तपाईंको छालालाई मोस्चराइज र चमक प्रदान गर्छ।

२) मेवा र महको मास्क
यो मास्क अनुहारको सुख्खापन हटाउन सहयोगी मानिन्छ । यसले अनुहारको छालालाई कोमल बनाउँछ। यसका लागि आधा कप पिसेको मेवामा २ चम्चा दूध र १ चिया चम्चा मह मिसाएर अनुहारमा लगाउनुस्।

त्यसपछि १५ मिनेटका लागि सुक्न दिनुस्। मेवामा सक्रिय एन्जाइम पाइन्छ जुन एन्टिफङ्गल गुणले भरिएको हुन्छ। यसले अनुहारको मरेको छाला बाहिर निकाल्ने र अनुहारमा हाइड्रेट गर्ने, छालामा रंग समेत दिन्छ।

३) घ्युकुमारी र काक्रोको प्याक
घ्युकुमारी र काक्रो दुवैले अनुहारलाई हाइड्रेट गर्छ। अनुहारको छालालाई चम्किलो बनाउन र सफा छालाको लागि यो निकै मद्दतगार हुन्छ। यसका लागि काक्रोको रस निकाल्ने र २ चिया चम्चा घ्युकुमारीको जेल मिसाउने र यसलाई अनुहारमा सुक्न दिने।

१५ मिनेटपछि चिसो पानीले पखाल्ने। अनुहारको छालाका लागि घ्युकुमारी निकै फाइदाजनक हुन्छ। घ्युकुमारीमा भिटामिन, एन्टिअक्सिडेन्ट, खनिज, एमिनो एसिड हुन्छ। जसले सनबर्न, अनुहारमा आउने दाना र चायाँपोतो हटाउन मद्दत गर्छ।

साथै काक्रोमा पाइने भिटामिन र पोषक तत्वले अनुहारमा सुख्खापन र उमेर बढ्दै जाँदा छालामा आउने समस्याबाट छुटकारा दिलाउँछ।

यी तीनै उपायले छालामा कोलेजन उत्पादन गर्न मद्दत गर्छ। यसले अनुहारमा आउने चाउरीलाई समेत कम गर्छ भने अनुहारमा आउने विभिन्न समस्या पनि कम गर्छ।

 

प्रतिक्रिया दिनुहोस