ओमिक्रोन पछि भारतमा फेरी कोभिडको अर्को नयाँ भेरिएन्टका संक्रमित भेटिए, के छन् लक्षण ?

काठमाडौं । कोभिडको नयाँ भेरिएन्ट ओमिक्रोनको संक्रमण नसकिदै भारतमा फेरी अर्को नयाँ भेरियन्टका संक्रमित फेला परेका छन् । ओमिक्रोन पछि पुष्टि भएको नयाँ भेरियन्टलाई बिए टु भनिएको छ । भारतमा अहिले सम्म १६ जनामो बिए टु पुष्टि भएको छ । जसमा बालबालिका पनि छन् । विश्वभरमा हाल ओमिक्रोन भेरियन्टको संक्रमण दर बढ्दो रहेको छ । यसैबीच फेरि कोरोनाको अर्को भेरियन्टको खतरा देखिएको छ ।

यस भेरियन्टलाई बिए टुको नाम दिइएको छ । भारतको मध्य प्रदेशस्थित इंदौरमा ओमिक्रोनको नयाँ भेरियन्ट बिए टु पुष्टि भएको हो । सो शहरमा १६ जनामा उक्त भेरियनट पुष्टि भएको हो । जसमध्ये ६ जना बालबालिका रहेका छन् । भारतबाट ५३० नमुना परीक्षणका लागि पठाइएको भातीय संचारमाध्यमले जनाएका छन् ।

बेलायत, अष्ट्रेलिया र डेनमार्कमा पनि यस्तो संक्रमण पाइएको छ । यो भेरियन्ट ओमिक्रोन जस्तै छिट्टै फैलिन्छ । कोरोनाको यो नयाँ भेरियन्टको पहिचान हुन नसकेमा यसलाई नियन्त्रण गर्न अर्को ठूलो चुनौती रहेको छ ।जसकारण बिए टुलाई स्टिल्थ अर्थात् लुकेको भर्जन भनिएको छ ।

बिए टु कहाँ र कहिले भेटियो ?
हालसम्म यो भेरियन्टको पहिलो संक्रमण कहाँ पाइयो भन्ने स्पष्ट छैन । बेलायतको स्वास्थ्य सुरक्षा एजेन्सीका अनुसार बेलायतमा पहिलो पटक २०२१ को डिसेम्बर ६ मा पत्ता लगाइएको थियो । सो देशमा यो भेरियन्टको ४२६ केस पुष्टि भइसकेको छ ।

बिए टु भेरियनटको लक्षण के ?
कोरोनाको नयाँ भेरियन्ट बिए टुको लक्षण ओमिक्रोनको जस्तै छ । ओमिक्रोन पुष्टि गर्नका लागि जुन जेनेटिक स्रोत खोजिन्छ, त्यो बिए टु मा हराइरहेको छ । यस्तो अवस्थामा जेनेटिक सिक्वेन्सिंगका माध्यमबाट यो भेरियन्टको पहिचान गर्न सकिन्छ ।

कतिको भयानक छ यो भेरियन्ट ?
कोरोनाका सबै भेरियन्टहरुमा अनुसन्धान गरिरहेका युनिभर्सिटी अफ जेनेभाका निर्देशक फ्लाहल्टका अनुसार बिए टुसँग डराउने भन्दा पनि सर्तक हुन आवश्यक छ । यस नयाँ भेरियन्ट ओमिक्रोन जस्तै संक्रामक रहेको छ । यदपी अहिलेसम्म यो कतिको भयानक छ भन्ने पत्ता लागिसकेको छैन ।

प्रतिक्रिया दिनुहोस