हरेक युवतीको यो क्षण जीवनमा एकचोटी आउनेछ तर रुनु बाहेक अरु केही गर्न सकिन्न,आँसु आउने हरेक चेलीको कथा।

सधै घरबाट बाहिर जादा जान्छु है भनेर निस्किने म त्यो दिन जान्छु है भन्न पनि सकिन, अनि बुबा-आमाले साझ छिटै आए है पनि भन्नु भएन । साझ छिटै नआए खुट्टा भच्छु भनेर दाजुले पनि भन्नु भएन।बहिनीले पनि रात नपार्नु होला है दि भनिन ।

आमाबुबा दाजुबहिनी कसैले पनि छिटै आएस है भनेर भनेनन । आफै स्कुटी चडेर जादा खासै वास्ता नगर्ने मलाई त्यो दिन दाजुले रुदै भक्कानिदै बोकेर कारमा राखिदियो ।आमाबुबा पनि रुदै मुर्छा पर्दै म बसेको ठाउ आउनु भो ।आमाबुबा रोएको देखेसी कसको मनले मान्छ र ?म झन जोड जोडले रुन थाले ।

उता बाट एउटा अंकलले आमालाई सम्झाउदै ” यो त चलन हो भाउजु । हाम्री मात्रै छोरी पनि त हैन नि पठाएको हजुर बुझ्नी मान्छे नि यसो गर्नी ” भन्दै आमालाई त्यहा बाट लिएर जानू भो ।बाबालाई पनि लागियो । दाजु म अनि बहिनी कार भित्रै अङ्गालो हालेर रोएका थियौ , दाजु र बहिनीलाई नि कसैले सम्झाउदै लगे ।त्यहाँ मलाई देख्ने सबै जानाको आखाँमा आशु थियो । म त्यति जोड जोडले रोएकि थिए। मलाई घरको हरेक वस्तुले छोडेर नजाउ भनेको थियो, तर मै निस्टुरी भए ।

ती मैले आफै बनाएका कुसन ,डल,ती फुलहरु , घरको हर भित्तामा मैले बनाएर सजाएका ती वस्तुले नजाउ छोडेर भन्दै रोएका थिए , तर मैले मानिन। मानिन नि के भन्नु मैले छोडेर जानै पर्थियो ।सच्चै भन्नु पर्दा माईती घर चेलीको लागि भाडामा बसेको घर जस्तै हो जति सजाए पनि आफ्नो नहुने अनन्त छोडेर जानै पर्ने। त्यो दिन म सधैका लागि पराइ घर गएकि थिए । पराई घर त म शरिर लिएर हैन अनगिन्ति नाता लिएर गएकि रहेछु । बुहारी, भाउजु, देबरानी, माइजु, काकी खै के के हो के के ।

माइती मा हुदा नानी मात्रै भनेर बोलाउने मलाई यहाँ यति धेरै भुमिका कसरी निभाउनु । बिहान 8 बजे सम्म सुत्नि म बुहारी आज त दोस्रो दिन बाहिर पोछा मात्रै भएनि लगाउ भन्दै 4 बजे नै उठाउदा म कति रोए त्यो त मलाई मात्रै थाहा छ । दिनहरु यसरी नै बित्दै गए ।

4 बजे उठ्यो झाडु पोछा , नुहाई धोई, चिया नास्ता , खाना बनाऊ , भाडा माझ एक छिन दिउँसो समय मिल्छ 2घन्टा जति तर त्यो समयमा पनि दिउँसो के नास्ता बनाउने होला भन्नी कुराले पिरोल्छ , नास्ता बनाउ , भाडा माझ फेरी साझको खानाको तयारी , खाना बनाउ , भाडा माझ , चुलो पुछ , किचन सफा गर , रुममा जाऊ, रुममा बुढाको दिउँसो आपिसको कुरा सुन अनि श्रीमतिको भुमिका निभाउ ।

उफ म थाके , म धेरै थाके तर यो कस्लाई भन्नु ?माईतमा नि यति गरेकै हो तर एउटा काम गरे आर्को काम आमाले सघाउनु हुन्थ्यो । यहाँ कसले सघाउने ?देख्नि मान्छेलाई त धेरै काम नि छैन तर शरिर थाकेर लेतो-खानी हुन्छ ।

सन्चो नहुदा माईतमा सुतेको सुतै गर्नि म ।यहाँ त नाटक भन्छन् कि भनेर सन्चो नभएको कुरा नि सुनाउन डर लाग्छ । माईतीघर आमालाई देखाउने जति नखरा यो घरमा देखाएको भए त झन के हुन्थियो होला ?

यति गर्दागर्दै पनि केही गल्ति भयो भने पराइ घरबाट आएकी लाई यो सम्पतिको के माया लाग्छ र भन्दै कराउदा त यो मन र आखालाई खपि सक्नु हुदैन । खै पराई घरमा केको डर हो यति धेरै ?

उता माइतीमा त्यति चिच्चाहि-चिच्चाहि हास्ने म , यहाँ त बोल्दा पनि अड्कलेर बोल्नु पर्ने ।बोल्न खोज्छु बोली निस्किदैन तर आशु चाहि गज्जबले निस्किन्छ । कहिले हासीखुशि रातिको खाना खाइन्छ त कहिले सासुको नमिठो वचन र आशुँको धारा सँगै ।

माइतीघर मा नि आमाले गालि नगरेको होइन तर आमालाई त 2/4 शब्द फर्काइन्थियो अनि भुन्भुनाउदै रुम तिर गइन्थ्यो तर यहाँ त 2/4 शब्द फर्काउन नि नमिल्ने ।राती बुढोलाई के सुनाउनु , कहिले यसै रात बित्छ , कहिले रुदारुदै।फेरी आर्को दिन उहीँ हसिली श्रीमति, बुहारी , भाउजु , काकी, माइजू भएर निस्कनु पर्ने । उफ म थाके । म थाकी सके यो सब कुराले ।

प्रतिक्रिया दिनुहोस