माओवादीमा महासचिवको दावेदार रहेका वर्षमान पुनले नेपाल आए लगत्तै गरे यस्तो काम

काठमाडौ । स्वास्थ्य उपचारपछि माओवादी केन्द्रका नेता वर्षमान पुन सोमवार नेपाल आइपुगेका छन् । उनी माओवादीको महासचिवको दावेदार हुन् । महाधिवेशन सकेको माओवादीले महासचिवको पद खाली राखेको छ । सोमबार साँझ नेपाल आइपुगेको माओवादी केन्द्रका नेता वर्षमान पुन ‘अनन्त’ ले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटघाट गरेका छन् ।

नेता पुन मंगलबार बिहान अध्यक्ष प्रचण्डलाई भेट्न उनको निवास खुमालटार पुगेका हुन् । भेटका क्रममा अध्यक्ष प्रचण्डले लामो समय उपचारपश्चात फर्किएका पुनलाई स्वागतसहित पूर्ण स्वास्थ्य लाभको कामना गरेको प्रचण्डको सचिवालयले जनाएको छ ।

‘लामो समयको उपचार पश्चात् स्वदेश फर्किनुभएका हाम्रो पार्टीका नेता बर्षमान पुन ञअनन्तझलाई अध्यक्ष कमरेड प्रचण्डले निवास खुमलटारमा स्वागत तथा उहाँको पूर्ण स्वास्थ्यलाभको कामना गर्नुभयो ।’ प्रचण्डको सचिवालयले भनेको छ ।

त्यस्तै भेटघाटका पछिल्लो राजनीतिक घटनाक्रम र माओवादी केन्द्रको महाधिवेशनका विषयमा छलफल समेत भएको थियो । उपचारका लागि बैंकक र पछि चीनमा रहेका नेता पुनले आफूले महासचिवको दाबी रहेको बताएका छन् ।

भेटका क्रममा पूर्वसमुख एवं पुनको श्रीमती ओनसरी घर्तीलगायत प्रचण्डका सचिवालयका सदस्यहरूको उपस्थिति थियो । भेटमा राजनीतिक विषयमा दुई नेताबीच अन्य कुराकानी भए नभएको प्रचण्डको सचिवालयले केही बताएको छैन ।

पदाधिकारी चयनको विषयमा निर्णय लिन माघ २७ मा माओवादीले केन्द्रीय कमिटी बैठक बोलाएको छ । महासचिवमा अर्थमन्त्री जनार्दन शर्मा र पुनबीच रस्साकस्सी चलिरहेको समयमा प्रचण्डसँगको भेटलाई अर्थपूर्ण रूपमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस