बालबालिका लाई को-रोना हुदाँ धेरै अवस्थामा घरमा नै उपचार सम्भव, थाहा पाउनुहोस् कसरी गर्ने हेरविचार !

काठमाडौँ । को- रोनाको दोस्रो लहरमा बालबालिका पनि अत्यधिक संक्रमित भइरहेका छन् । यस्तोमा भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले धेरैजसो बालबालिकाको हेरविचार वा उपचार घरमा नै गर्न सकिने बताएको छ ।

मन्त्रालयले बालबालिकामा को- रोनाको लक्षण देखिँदा वा को- रोनाद्वारा संक्रमित हुँदा उनीहरुको हेरविचारका लागि गाइडलाइन जारी गरेको छ । स्वास्थ्य मन्त्रालयले एक ट्वीटमा भनेको छ, ‘को- रोनाद्वारा संक्रमित धेरैजसो बालबालिकामा लक्षण देखिँदैन वा असाध्यै हल्का लक्षण देखिने गर्छ ।’

बालबालिकामा देखिने को-रोनाका लक्षण: ज्वरो, खोकी, सास फेर्न समस्या, थ-कावट, घाटि खस-खस, मांसपेशी दुख्ने, जोर्नीमा मांसपेशीलाई हड्डी-सँग जोड्ने क-डा इला-स्टिकजस्तो तन्तु दुख्नु, नाक बग्नु, गन्ध थाहा नहुनु, स्वाद नआउनु, पेट खराब हुनु, आदि ।

लक्षण बिनाका बालबालिकालाई कसरी हेरविचार गर्ने ? स्वास्थ्य मन्त्रालयका अनुसार लक्षण बिनाका को-रोनाद्वारा संक्रमित बालबालिकालाई घरमा नै हेरविचार गर्न सकिन्छ । यस्ता बालबालिकाको पहिचान त्यतिबेला मात्रै हुन्छ जब उनीहरुको परिवारमा कसैलाई को- रोना संक्रमण देखिएपछि सबै परिवारको परीक्षण गरिन्छ ।

यस्ता बालबालिकामा केही दिनपछि घाँटी खराब हुने, नाक ब-ग्ने, सास फेर्न गा-ह्रो नभइकन खो-की लाग्ने लगायतका समस्या देखिन सक्छ । केही बालबालिकाको पेट पनि ख-राब हुनसक्छ । यस्ता बालबालिकालाई आइसोलेट गरेर लक्षणको आधारमा उनीहरुको उपचार गर्ने गरिन्छ । यदि उनीहरुलाई ज्वरो आउँछ भने डाक्टरको सल्लाह अनुसार प्यारा-सिटामोल दिन सकिन्छ ।

ल-क्षण नदेखिएका बालबालिकाको अक्सिजनको स्तरलाई अक्सिमिटरको सहायताले लगातार निगरानी राख्नुहोस् । यदि अक्सिजनको स्तर ९४ प्रतिशतभन्दा कम हुन थाले, डाक्टरको सल्लाह लिनुहोस् । यदि कोही बालबालिका जन्मजात नै मुटु-रोगी छन्, लामो समयदेखि फोक्सोको रोगबाट ग्रसित छन्, कुनै अंगले राम्रोसँग काम गरेको छैन वा मोटोपनाजस्ता रोगबाट ग्रसित छन् भने डाक्टरको सल्लाहमा घरमा नै हेरविचार गर्न सकिन्छ ।

लक्षण भएका बालबालिकाको घरमा यसरी कसरी हेरविचार गर्ने ? बालबालिकालाई घरमा नै छुट्टै कोठामा आइसोलेट गर्नुहोस् ताकि परिवारका अन्य मानिसहरुमा संक्रमण नफैलियोस् । प्यारासिटामोलको मात्रा कति दिने त्यसबारे डाक्टर वा स्वास्थ्यकर्मीसँग सम्पर्क गर्नुहोस् । डोजलाई ४ देखि ६ घण्टामा दोहोराउन सक्नुहुन्छ ।

बच्चाको शरीरमा पानीको सही मात्रा स्थापित गर्नका लागि नरिवलको पानी, दालको रस, फलफूलको जुससमेत पौष्टिक आहार र सजिलै पच्ने खाना दिनुहोस् । यदि बच्चाको लक्षण लगातार बिग्रन थाले, अक्सिजनको स्तर घट्न थाले तत्काल अस्पताल पुर्याउनुहोस् ।

 

प्रतिक्रिया दिनुहोस