इन्स्पेक्टर रम्तेललाई ललितपुरमा दशा लाग्यो, जिम्मेवारी खोसियो

काठमाडौं । महानगरीय अपराध महाशाखा, काठमाडौंले प्रहरी निरीक्षक (इन्स्पेक्टर) सानुकान्छा रम्तेलको हर्कतको छानविन गरेर कारबाहीको तयारी थालेको छ ।महानगरीय अपराध महाशाखाको ललितपुर शाखामा कार्यरत निरीक्षक रम्तेललाई चोरीको मुद्धामा छानविन गर्न लागिएको हो ।

रम्तेलको जिम्मेवारी खोसेर महाशाखाको कार्यालय नयाँबानेश्वरमा तानिएको छ ।ललितपुरको गोदावरीमा सुजन बराइलीले सञ्चालन गरेको सुन पसलमा चोरी भएको थियो ।चोरीमा संलग्न आरोपीलाई पक्रेर रम्तेलले मुद्धा प्रक्रियाअघि बढाएर महानगरीय प्रहरी परिसर ललितपुरलाई जिम्मा लगाउनुको साटो घटनालाई मिलापत्र गराएको आरोप छ ।

ललितपुरमा रम्तेलको ठाउँमा महाशाखामा कार्यरत इन्स्पेक्टर केशव बह्राकोटीलाई पठाइएको छ ।महाशाखाका डिएसपी दुर्गाराज रेग्मीको नेतृत्वमा समिति बनाएर उनीमाथि छानविन भइरहेको छ ।

यो पनि :सबैलाई रुवाउने चिठी लेखेर आमाले १ दिनको बच्चालाई सडकमा छोडिन् !काठमाडौं – सन्तान जस्तो भए पनि आमाको मन सन्तानप्रति अत्यन्तै विशाल र उदार हुन्छ भन्ने हामीले मान्दै आएका छौं । आमाले जस्तोसुकै परिस्थितिमा पनि सन्तानको रक्षा गरेको हामीले देख्दै आएका छौं ।

तर, कहिलेकाहीँ परिस्थिति र बाध्यताले यस्ता घटनाहरु पनि भएका भेटिन्छन् जहाँ स्थिति अलग हुन्छ । अमेरिकाको अलास्कामा यस्तै घटना भएको छ ।यहाँ एक बच्चा नि’र्जन स्थानमा कार्टुनभित्र राखिएको अवस्थामा फेला परेका छन् । ती बच्चाको साथमा एउटा पत्र पनि भेटिएको छ जुन पत्र उनकी आमाले लेखेर राखिदिएकी थिइन् ।

यो घटनाको भिडियो सामाजिक संजालमा भाइरल भइरहेको छ । बच्चालाई आमाले अत्यन्तै चिसो मौसममा ला’वारिस छाडेर गएकी थिइन् । जतिबेला यी बच्चालाई अरु मानिसले फेला पारे त्यतिबेला त्यहाँको तापक्रम १२ डिग्रीभन्दा पनि कम थियो । आमाले बच्चालाई ठिक त्यही दिन आफूबाट अलग गरिन् जुन दिन उनी ज’न्मिएका थिए ।

न्यूयोर्क पोस्टका अनुसार नयाँ वर्षको अघिल्लो दिन ३१ डिसेम्बरमा बच्चा र उनको साथमा उनकी आमाले लेखेको पत्र फेला परेका हुन् । पत्रमा आमाले आफूले बच्चालाई खुवाउन नसक्ने लेखेकी छिन् । यस बारेमा अलास्का स्टे’ट ट्रु’पर्सको तर्फबाट बयान पनि जारी भएको छ जसमा बच्चा भेटिएको जानकारी साझा गरिएको छ ।

काठमाडौं। सन्तान जस्तो भए पनि आमाको मन सन्तानप्रति अत्यन्तै विशाल र उदार हुन्छ भन्ने हामीले मान्दै आएका छौं । आमाले जस्तोसुकै परिस्थितिमा पनि सन्तानको रक्षा गरेको हामीले देख्दै आएका छौं । तर, कहिलेकाहीँ परिस्थिति र बाध्यताले यस्ता घटनाहरु पनि भएका भेटिन्छन् जहाँ स्थिति अलग हुन्छ । अमेरिकाको अलास्कामा यस्तै घटना भएको छ ।

यहाँ एक बच्चा निर्जन स्थानमा कार्टुनभित्र राखिएको अवस्थामा फेला परेका छन् । ती बच्चाको साथमा एउटा पत्र पनि भेटिएको छ जुन पत्र उनकी आमाले लेखेर राखिदिएकी थिइन् । यो घटनाको भिडियो सामाजिक संजालमा भाइरल भइरहेको छ । बच्चालाई आमाले अत्यन्तै चिसो मौसममा लावारिस छाडेर गएकी थिइन् । जतिबेला यी बच्चालाई अरु मानिसले फेला पारे त्यतिबेला त्यहाँको तापक्रम १२ डिग्रीभन्दा पनि कम थियो । आमाले बच्चालाई ठिक त्यही दिन आफूबाट अलग गरिन् जुन दिन उनी जन्मिएका थिए ।

प्रतिक्रिया दिनुहोस