२२ महिनाका यी बालकले २ लाख ४० हजारको सपिङ्ग गरे, सत्य थाहा पाउँदा आमा बाबुको होस् उड्यो !

काठमाडौं । अहिले प्रायः आमाबाबु बच्चालाई स्मार्ट मोबाइल चलाउन दिन्छन् । तर कहिलेकाँही यस्ता घटना घट्छन्, जसले पश्चाताप गराउँछ ।

यस्तै एक घटना बाहिर आएको छ । २२ महिनाको बच्चाले आफ्नी आमाको फोनबाट अनलाइनबाट २,००० डलर (लगभग २ लाख ४० हजार रुपैयाँ) को सामान अर्डर गरेका छन् ।

उक्त सामान घर पुग्दा आमा छक्क परिन् । आमा, छोराले कसरी अनलाइन सपिङ गर्यो, पत्याउनै सकेकी छैनन् । यसको पछाडिको कथा निकै रोचक छ । वास्तवमा यो घटना अमेरिकाको न्यू जर्सीको हो । त्यहाँ एक भारतीय जोडी मधु र प्रमोद कुमारले आफ्नो छोरा अयान्सको कथा सामाजिक सञ्जालमा सेयर गरेका छन् ।

नयाँ घरका लागि फर्निचर ल्याउनुपरेको मधु बताउँछिन् । यस्तो अवस्थामा उनी मोबाइलमा अनलाइन सपिङका लागि वालमार्ट वेबसाइटमा फर्निचरका सामान खोजिरहेकी थिइन् ।

उनले अनलाइन सपिङ साइटको कार्टमा धेरै वस्तुहरू राखेकी थिइन् । तर एक दिन खेल खेलमा उनका छोरा अयान्सले मोबाइलबाट फर्निचर अर्डर गर्दिए । जब वालमार्टबाट फर्निचरको सामान घरमा आउन थाल्यो, तब मधुलाई यो कुरा थाहा भयो ।

अर्डर गरिएको सामानको मूल्य करीब २ लाख ४० हजार रुपैयाँ रहेको छ । मधु कुमारका अनुसार किनमेल साइटमा मोनमाउथ जंक्शनमा रहेको उनको घरको ठेगाना पूर्वनिर्धारित रूपमा सेट गरिएको थियो ।

त्यसैले उनको घरमा कुर्सी, स्ट्यान्ड जस्ता फर्निचर आउन थाले । तर, उनले मोबाइल चेक गर्दा कुरा बुझियो । बच्चाकी आमा मधुले एनबीसी न्यूयोर्कलाई बताइन् कि उनले घटनाबाट पाठ सिकेकी छिन् ।

अब उनले आफ्नो मोबाइलहरूमा ध्यान दिनेछन् । उनले सबै फर्निचर आफ्नो स्थानीय वालमार्टलाई फिर्ता गर्ने बताइन् । उनीहरुले पनि आफ्नो पैसा फिर्ता पाउने छन् । अबदेखि बच्चालाई दिने मोबाईलमा अति सुरक्षा जरुरी रहेन एप वा साईटमा पासवर्ड सेभ गरेर नराख्नुहोला । अथवा त्यस्ता मोबाईल बच्चालाई छुन नै नदिनुहोला ।

प्रतिक्रिया दिनुहोस