सामूहिक बलात्कारका ९ आरोपितलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

काठमाडौँ । जिल्ला अदालत काठमाडौँले गोंगबुस्थित नयाँ बसपार्कको एक होटलमा भएको सामूहिक बलात्कारका आरोपित नौ जना आरोपीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको छ।न्यायाधीश रामचन्द्र पौडेलको इजलासले आज उक्त घटना नौ जनालाई आरोपीलाई थुनामा राख्न र उक्त घटनामा प्रयोग भएका ३ गेष्टहाउस सञ्चालकहरूलाई जनही रु ३/३ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो।

गत पुस १२ गते ३४ वर्षीया एक महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा ९ जनालाई महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको थियो।अदालतले घटनामा प्रयोग भएको होटलका सञ्चालकहरू तीन जनासँग जनही ३/३ लाख रुपैयाँ धरौटी माग गरेको काठमाडौंका प्रहरी प्रवक्ता एसपी दिनेशराज मैनालीले बताए।

यो पनि :सबैलाई रुवाउने चिठी लेखेर आमाले १ दिनको बच्चालाई सडकमा छोडिन् !काठमाडौं – सन्तान जस्तो भए पनि आमाको मन सन्तानप्रति अत्यन्तै विशाल र उदार हुन्छ भन्ने हामीले मान्दै आएका छौं । आमाले जस्तोसुकै परिस्थितिमा पनि सन्तानको रक्षा गरेको हामीले देख्दै आएका छौं ।

तर, कहिलेकाहीँ परिस्थिति र बाध्यताले यस्ता घटनाहरु पनि भएका भेटिन्छन् जहाँ स्थिति अलग हुन्छ । अमेरिकाको अलास्कामा यस्तै घटना भएको छ ।यहाँ एक बच्चा नि’र्जन स्थानमा कार्टुनभित्र राखिएको अवस्थामा फेला परेका छन् । ती बच्चाको साथमा एउटा पत्र पनि भेटिएको छ जुन पत्र उनकी आमाले लेखेर राखिदिएकी थिइन् ।

यो घटनाको भिडियो सामाजिक संजालमा भाइरल भइरहेको छ । बच्चालाई आमाले अत्यन्तै चिसो मौसममा ला’वारिस छाडेर गएकी थिइन् । जतिबेला यी बच्चालाई अरु मानिसले फेला पारे त्यतिबेला त्यहाँको तापक्रम १२ डिग्रीभन्दा पनि कम थियो । आमाले बच्चालाई ठिक त्यही दिन आफूबाट अलग गरिन् जुन दिन उनी ज’न्मिएका थिए ।

न्यूयोर्क पोस्टका अनुसार नयाँ वर्षको अघिल्लो दिन ३१ डिसेम्बरमा बच्चा र उनको साथमा उनकी आमाले लेखेको पत्र फेला परेका हुन् । पत्रमा आमाले आफूले बच्चालाई खुवाउन नसक्ने लेखेकी छिन् । यस बारेमा अलास्का स्टे’ट ट्रु’पर्सको तर्फबाट बयान पनि जारी भएको छ जसमा बच्चा भेटिएको जानकारी साझा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस