युवकले प्रेमीकाकी आमालाई किड्नी दान गरे, महिना नबित्दै प्रेमीका अर्कै केटासँग टाप

एजेन्सी । एक प्रेमीले प्रेमीकाकी आमालाई मृर्गौला दान गरे । तर प्रेमीकाले भने त्यसको एक महिना नबित्दै धोका दिएकी छिन् । धोका यहाँसम्मकी ती युवतीले आफ्नो आमालाई मृर्गौलासमेत दिएर बचाएका प्रेमीलाई छोडेर अर्कै युवकसँग विवाह गरिन् ।

घटना मेक्सीकाेकोको हो । ती प्रेमी (युवक) मेक्सीकोको एक विद्यालयको शिक्षकसमेत रहेको बताइएको छ । उनले उक्त रहस्य सामाजिक संजाल टिकटकबाट खुलासा गरेका छन् । उनले भाेगेकाे यो घटनाबारे बेलायति द सनले छापेको छ ।

युवकको नाम उजील मार्टिज रहेको द सनले उल्लेख गरेको छ । उजिलले प्रेमीको नाम उल्लेख नगरी सामाजिक संजालमा भनेका छन्, ‘मैले उनको आमालाई मृगौला दान गरेँ, उनले मलाई छोडिन् । र, एक महिनापछि विवाह गरिन्।’

उनले सोफामा सुतिरहेको बेला आफूलाई निराश आफूलाई भिडियोमा कैद गरेका छन् । उनले टिकटकमा राखेको उक्त भिडियो १६.६ मिलियन पटक हेरिएको छ । कमेन्टमा उनलाई सहनुभूति प्रकट गर्नेहरुको लहर नै चलेको छ ।

प्रतिक्रिया दिनुहोस