मुखमा देखिने यी सामान्य लक्षणलाई नगर्नुहोस् वेवास्ता, क्यान्सरको लक्षण पनि हुनसक्छ

काठमाडौँ । विश्व स्वास्थ्य संगठनका अनुसार ७० प्रतिशत मानिसले धुम्रपान र सुर्तीजन्य पदार्थको सेवनका कारण क्यान्सर तथा अन्य रोगका कारण आफ्नो जीवन गुमाउने गर्छन।धुम्रपान र सुर्तीजन्य पदार्थको सेवनका कारण मुखको क्यान्सर हुने खतरा धेरै हुने गर्छ। क्यान्सरको समयमै उपचार गराउनका लागि यसका लक्षण पहिचान गर्न आवश्यक छ।

आउनुहोस् मुखको क्यान्सरका लक्षणका बारेमाः

यदी तपाईको मुखको कुनै भागमा डल्लो (गाँठागुडी) आएको जस्तो महशुस भइरहेको छ भने तुरुन्त चिकित्सक कहाँ जानु उत्तम मानिन्छ। यस्ता लक्षणलाई तपाईले कहिलै पनि वेवास्त ागर्न हुँदैन। किनकी यो क्यान्सरको मुख्य लक्षण हुनसक्छ।

यदी मुखमा अल्सर अथवा घाउ आएको छ र धेरै दिन देखि निको भएको हैन भने त्यसलाई पनि वेवास्ता गर्न हुँदैन। किनकी लामो समयसम्म घाउ सन्चो नहुनु मुखको क्यान्सरको लक्षण हुनसक्छ।

घाँटीमा टन्सिल हुनु सामान्य कुरा हो । तर तपाईलाई पटक पटक टन्सिलको समस्या देखिदै आएको छ भने पनि त्यसलाई वेवास्ता गर्न हुँदैन। यो पनि क्यान्सरको लक्षण भएका कारण तुरुन्त चिकित्सको सल्लाह लिनु राम्रो मानिन्छ।

यदी पटक पटक मुख सुनिएको जस्तो अनुभव भयो भने पनि त्यसलाई वेवास्ता गर्न हुँदैन्। यो पनि मुखको क्यान्सरको मुख्य लक्षण हो। यस्तो लक्षण देखियो भने तुरुल्त चिकित्सको सल्लाह लिनु राम्रो मानिन्छ।

यदी तपाईको मुखबाट रगत आयो भने पनि त्यसलाई वेवास्ता गर्न हुँदैन। किनकी बिना कारण मानिसको मुखबाट रगत आउँदैन्। यो क्यान्सरको लक्षण पनि हुनसक्छ।पौढ अवस्थामा दाँत झर्नु तथा हल्लिनु सामान्य मानिन्छ। तर जवानीमै तपाईको दाँत झर्न तथा हल्लिन लागे भने पनि सचेत रहनुहोस्। यो पनि मुखको सुरुवाती लक्षण हुनसक्छ।

यदी तपाईको मुख भित्रको रंग परिवर्तन भयो भने पनि तुरुन्त चिकित्सकसँग गएर परीक्षण गराइहाल्नुपर्छ। यो पनि मुखको क्यान्सरको सुरुवाती लक्षण हुनसक्छ।

प्रतिक्रिया दिनुहोस