बनेपाका हाेटलमा प्रहरी छापा, यस्तो अवस्थामा पक्राउ परे गोकुल, चन्चला र मनमाया

१३ माघ, काठमाडाैँ । काभ्रे प्रहरीले बनेपा नगरपालिकाको विभिन्न होटलमा छापा मारेको छ । जिल्ला प्रहरी कार्यालयको विशेष टोलीले होटलमा छाप मारी अनैतिक गतिविधि गराउने ३ जना सञ्चालकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बनेपा नगरपालिका वडा नम्बर १० मा रहेको अरनिको होटल एण्ड गेष्ट हाउसका संचालक ४९ बर्षीय गोकुल पराजुली, बनेपा नगरपालिका वडा नम्बर ७ स्थित चिया खाजा होटल पसल व्यबसाय गर्ने ४१ बर्षीय चन्चला महत र बनेपा नगरपालिका वडा नम्बर ८ मा क्याफे होटल सञ्चालन गर्ने ४२ बर्षीय मनमाया तामाङ छन् ।

उनीहरूले सामाजिक बिकृती विसंगती फैलाउने तथा समाजिक मर्यादामा खलल पार्ने खालका अनैतिक गतिबिधिहरु गराउँदै आएको प्रहरीको दाबी छ ।

बनेपा नगरबासीको गुनासो सम्बोधन गर्ने क्रममा विभिन्न स्थानमा सञ्चालन गरिएका होटलहरुमा चेक जाँच गर्दा तीनलाई नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

अरनिको होटल एण्ड गेष्ट हाउस, वडा नम्बर ७ गोदामचोकमा नाम नराखिएको चिया नास्ता खाजा घर र वडा नम्बर ८ बसपार्क पछाडी नाम नराखिएको क्याफे तथा होटलका सञ्चालकलाई अनैतिक व्यबसायमा संलग्न भएको आरोपमा कानुन बमोजिम नियन्त्रणमा लिई कानूनी कारबाही अगाडी बढाईएको प्रहरीले जनाएको छ ।

यस्तै, जिल्ला अदालत भक्तपुरले जबरज स्ती करणी गर्ने अभियुक्तलाई १२ वर्ष कैद फैसला सुनाएको छ । सिन्धुली घर भएका विजय भन्ने आशिष नेपालीले सिन्धुलीकै विद्यालयमा अध्ययनरत एक १५ बर्षिया बालिकालाई जबरजस्ती करणी गरेको अभियोग पुष्टि भए पछि अदालतले नेपालीलाई १२ वर्ष कैद र पचास हजार रुपैयाँ क्षतिपूर्ति रकम भराउने फैसला सुनाएको हो ।

मंगलबार अदालतले १२ वर्ष कैद सहित क्षतिपूर्ति रकम भराउने फैसला गरेको महानगरीय प्रहरी परिसरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु पाण्डेले बताउनुभयो ।

विवाह गर्छु भनी प्रलोभनमा पारी ललाईफकाई भक्तपुरस्थित आफ्नो डेरामा ल्याई डरधाक धम्की समेत दिई बालिकालाई पटकपटक जबरजस्ती करणी गरेको कसुरमा प्रहरीले अदालतमा मुद्दा दायर गरेको थियो ।

प्रतिक्रिया दिनुहोस