वि.सं.२०७८ साल माघ १४ गते । शुक्रबार । ईश्वी सन् २०२२ जनवरी २८ तारिख

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) सवारी साधन तथा भौतिक सम्प्तीको प्रयोग गर्दा ध्यान दिनुहोला । आफन्त तथा दिदिबहिनीसँग विवाद बढ्ने योग रहेकोछ । तरपनि यात्रा तथा यात्रा सँग सम्बन्धित काम गर्न सकिनेछ । पढाई लेखाईमा सुधार हुदै जानेछ भने अलि बढि मेहनेत गरे नतिजा आफुतिरनै ल्याउन सकिनेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) माया प्रेममा एक अर्कालाई सहयोग गर्दै रमाउँन सकिनेछ भने घर परिवार सबैसँग सम्बन्धमा सुधार भएर जानेछ । नोकरिमा पदोन्नतीको गतिलो योग रहेकोछ । पढाई लेखाईमा उत्कृष्ट अंकले सहभागिहरुलाई हराउन सकिनेछ । माया प्रेमको गाठो कसिलो हुनेछ भने मिल्ने साथीका साथ स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) पुराना बिवादित बिषयहरुको फैसला तपाईकै पक्षमा हुने हुदा मन प्रशन्न हुनेछ । न्यायिक निर्णयहरु तपाईकै पक्षमा आउनेछन् भने तपाईप्रति सत्रुता राख्नेहरु आफै किनारा लाग्नेछन् । शिक्षा तथा नोकरिमा हुने प्रतिष्पर्धामा प्रतिष्पर्धिहरुलाई धेरै पछाडि छोड्न सकिनेछ । नया प्रकृतिको व्यावसाय सुरु गरि मनग्गे धन आर्जन गर्न सकिनेछ । आफन्त तथा मावली पक्षको सहयोग पाईने हुदा दैनिकी सहज रुपमा अगाडि बढ्नेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) बौद्धिक कार्यमा सहभागी हुने अवसर जुर्नेछ भने भनेजस्तो पारिश्रमिक पाउदा मन प्रफुल्ति रहनेछ । शेयर बजार,बैक तथा बित्तिय क्षेत्रमा गरिएको लगानिबाट भनेजस्तो फाईदा हुनेछ । स्कुल,कलेज तथा शैक्षिक क्षेत्रमा समय लगानि गर्नेहरुले मनग्गे धन आर्जन गर्नुहुनेछ । माया प्रेमको गाठो कसिलो हुनुको साथै नया प्रेम प्रश्ताब आउनेछ । मन परको मानिसबाट भौतिक सम्पति तथा उपाहार प्राप्त हुनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) आमा वा आमा सोसरहका मानिसको सल्लाह तथा सुझाबलाई शिरोधार्य गर्दै अगाडि बढ्न सके उपलब्धि हुँने काम गर्न सकिनेछ । कृषि तथा पशुपान व्यावसायमा लगानि बढाई मनग्गे आम्दानि गर्न सकिनेछ भने पढाई लेखाईमा अरुदिन भन्दा बढि समय दिन सक्दा सफलता हात लाग्नेछ । प्रेम प्रशङगमा खुलेर रम्ने समय नरहेकोले ध्यान दिनुहोला ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) छोटो समयमा गरिएको कामको उचित प्रतिफल पाईदा मन प्रशन्न हुनेछ । आर्थिक अवस्था राम्रो हुने हुनाले व्यापार व्यावसायमा लागनि गरि मनग्गे आम्दानि गर्न सकिनेछ । दाजुभाई तथा छिमेकिबाट तपाईको काममा सहयोग तथा समर्थन गर्ने हुनाले काम गर्न सहज हुनेछ । पराक्रम तथा आट गर्न सकिने हुनाले राम्रा तथा परिणाम मुखि काम गर्न सकिनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) अध्ययन तथा अनुशन्धनको क्षेत्रमा दिईएको समयबाट राम्रो तथा परिणाममुखि नतिजा हात लाग्ने हुँदा मन प्रशन्न रहनेछ । सानो प्रयत्नले महत्वपुर्ण कामहरु बन्नेछन् भने बोलेरै मनग्गे आम्दानि गर्न सकिनेछ । आफन्त तथा कुटुम्बसँग मिलेर गरिने पेशा व्यावसाय फस्टाएर जाने हुँनाले थप लगानि गर्ने बाताबरण बन्नेछ । पारिवारिक माहोलामा जमघट भई मिठो मसिनो खाने अवसर जुर्ने हुँनाले मन पशन्न रहनेछ ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) पुराना साथि भेटिने तथा प्रेम प्रसङगमा दिन खोलेर रमाउन सकिनेछ । प्राविधिक शिक्षामा खोज तथा अनुशन्धानमा समय खर्चिने हरुले उत्कृष्ट नतिजा हात लगाउनु हुनेछ । तपाईको ब्याक्तित्वमा निखारता आउँने तथा सुन्दर पहिरनमा ठाटिएर अरुको मन लोभ्याउन सकिनेछ । पढाई लेखाईमा प्रतिश्पर्धिहरुलाई हराउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । सुन्दर तथा बिलाशि बस्तुहरुको प्रयोग मार्फत अरुको मन आफुतिर लोभ्याउँन सकिनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) लामो दुरिको बिदेश यात्रा हुनेछ भने बिदेशमा बसेर अध्ययन तथा काम गर्नेहरुका लागी समय उत्तम रहेकोछ । स्वदेशमा उत्पादीत सामानको व्यापारमा केहि मन्दि आउने भएपनि बिदेशमा उत्पादित सामानको व्यावसाय फस्टाएर जानेछ । अध्ययन तथा अध्यापनमा ध्यान नजादा अरुभन्दा पछि परिनेछ । प्रेम सम्बन्धमा एक अर्काको भावना नबुझ्दा चिसोपनाको सुरुवात हुन सक्छ ध्यान दिनुहोला ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) व्यापार व्यावसायबाट मनग्गे आम्दानि हुनेछ भने सानो प्रयत्नले ठुलो काम बन्ने तथा थोरै लगानि गर्दापनि प्रशस्त आम्दानि हुने समय रहेकोछ । सहयोगहिरु जुट्नाले रोकिएको काम सहजै सम्पादन हुनेछन् । दाजुभाई तथा अग्रजहरुको हरेक क्षेत्रमा साथ रहने हुनाले मन प्रशन्न रहनेछ । बिषेश समारोहमा सहभागि भई स्वादिष्ट भोजनका साथ रमाउन सकिनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) व्यापार व्यावसाय फस्टाएर जानेछ भने कामकै सवादमा समाजका बिशिष्ट व्याक्तित्वहरु सँग भेटघाट हुनेछ । पढाई लेखाईमा मन जाने तथा रुचिको बिषयमा राम्रो प्रगति गर्न सकिनेछ । बुवा वा बुवा सरहका मानिसबाट आर्थिक सहयोग प्राप्त हुनेछ । माया प्रेममा नजिक हुने समय रहेकोछ भने जीवन साथिसँग रमाईलो स्थानको भ्रमण गर्न सकिनेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) सिर्जनात्मक तथा लेखन शैलिमा बिकास हुनेछ भने अध्ययन अध्यापनमा बिजयको योग रहेकोछ । आफ्ना गुरु तथा अग्रजहरुको आशिर्बाद पाईने हुदा मनमा एक किसिमको उमङग पैदा हुनेछ । धार्मिक तथा शैक्षिक यात्रा हुनेछ भने धर्म कर्ममा ध्यान जानेछ । साथभाईको सहयोगले राम्रा तथा परिणाममुखि काम गर्न सकिनेछ । आफ्नो सस्कार तथा सस्कृतीको जगेर्ना गर्ने काममा समय दिनु पर्नेछ । लामो दुरिको धार्मिक तथा शैक्षिक यात्राको तय हुनेछ ।

तपाईँको दिन शुभ रहोस् ।

प्रतिक्रिया दिनुहोस