पेट पोल्ने र छाती पोल्ने समस्याले ग्रसित हुनुहुन्छ ? यस्तो छ कारण, अपनाउनुहोस् यो तरिका !

काठमाडौँ । न हामी खाना खाने समय देख्छौ न त हामीले के खाइरहेका छौ भन्ने कुरा नै देख्दछौँ । यस्तो अवस्थामा हामीलाई एसिडिटीको समस्या हुनु सामान्य मानिन्छ । यसको साथै छाती पोल्नु पनि यसको मुख्य समस्या हो । धेरैजसो व्यक्तिहरु एसिडिटीको समस्या निर्मुल पार्न घरेलु उपायहरु खोज्ने गर्दछन् । तर पनि फेरी यता उता भौँतारीदै यसको समस्याको हल खोज्न थाल्छन् ।

पेटमा पोल्नु एक सामान्य समस्या हो तर यो बारम्बार हुनाले यसले समस्यालाई झन् बढी बढाउने गर्दछ । एक विशेषज्ञअनुसार पेट पोल्नुलाई एसिडिटी भनेर भन्ने गरिन्छ । सामान्य रुपमा यो छातीमा हुने गर्दछ । पाचनको समयमा निक्लने अम्लको कारण यस्तो हुने गर्दछ । ज्यादै तेलमा तारिएको खाना खानाले यस्तो समसया हुने गर्दछ ।

यस्तो खाना ढिलो पच्दछ जसले गर्दा यो पेटमा अम्लको रुपमा परिणत हुन्छ । जुन मानिसहरु धेरै मात्रामा चिया,कफी,चुरोट,या रक्सी पिउँदछन् उनीहरुमा यस्तो समस्या विशेषमात्रामा हुने गर्दछ ।गर्भवस्थाको समयमा महिलालाई एसिडिटीको समस्या पनि हुने गर्दछ । सामान्य अवस्थामा यो समस्यालाई निर्मुल पार्न घरेलु उपाय पनि अपनाउन सकिन्छ जुन अत्यन्तै सरल छन् ।

कोरोनाले मानिसको खाने समय र बानी सबै बदल्दिएको छ जसले गर्दा यसले हाम्रो हार्टबोनमा पनि समस्यष ल्याउँदछ । त्यसैले तपाईले पनि यस्तै अनुभव गर्नुभएको छ भने जरुर तपाईले एसिडिटीको उपचार गर्नुहोस् । किनकी हार्टबोनको उपचार पेट पोल्ने समस्याबाट मुक्त पाउनु जरुरी हुन्छ । किनकी हामीले असहनीय पिडा भोग्ने गर्दछौँ । एसिडिटिको आयुर्वेदिक उपचार गर्न पनि सकिन्छ ।

हार्टबोन र एसिडिटीको समस्या एकैपटक हुनाले काफी मात्रामा दुख झेल्नुपर्दछ । एसिडिटीको समस्याबाट मुक्त पाउनु यसकारणले पनि महत्वपूर्ण हुन्छ कि यो पेटको समस्या को रुपमा बन्न जान्छ । जस्तै कब्जियत,ब्लोटिग र पेट दुख्नु कयौँ व्यक्तिहरु धेरै प्रश्नहरु सोध्ने गर्दछन् कि एसिडिटीको समस्याबाट कसरी छुटकारा पाउने, यसको उपाय के छ त ?

त्यसैले हामी यो पोष्टको माध्यमबाट हार्टबोन र एसिडिटीको समस्याको सबैभन्दा सजिलो उपाय बताउँनेछौँ । यसको प्रभावले तपाई एसिडिटी र छाती पोल्ने समस्याबाट आराम पाउन सक्नुहुन्छ ।

एसिडिटी र छाती पोल्ने समस्याको कारण
यी दुवै समस्या उत्पन्न हुनुको सबैभन्दा मुख्य कारण तपाईको खानपान हो । एसिडिटी हुनाले पेटको माथिल्लो भागमा डिसकम्फर्ट महसुुुस हुने गर्दछ । जसले गर्दा पनि तपाईको पेट पोल्ने गर्दछ । पेट फुलेको जस्तो महसुस हुने गर्दछ । धेरै व्यक्तिहरुलाई त डकार पनि आउने गर्दछ । यदि तपाईको पेटमा इन्फेक्सन भएमा पनि एसिडिटी हुने गर्दछ

एसिडिटी र छाती पोल्ने समस्या हटाउनका लागी यी उपाय अपनाउनुहोस्
एसिडिटी वा ग्यासबाट छुटकारा पाउने तरीकाः

दश देखि २० मिलिलिटर घिउकुमारीको रस नियमित रुपमा सेवन गर्ने

-लसुनको पोटी विहान खाली पेटमा सेवन गर्ने

-एक चम्चा ज्वानोमा एक चौथाई कागतीको रस मिसाएर त्यसको रस पिउने । यसले ग्यासको समस्याबाट राहत दिन्छ ।

-अदुवाको रसमा थोरै सिले नुन हालेर त्यसमा भुटेको जिरा मिसाएर सेवन गर्ने । त्यसपछि एक गिलास मोहीको सेवन । यसले एसिडिटीको समस्या कम गर्छ ।

-एक गिलास तातो दूधमा दुई चम्चा अंडिरको तेल मिसाएर पिउने । यसले पनि ग्यासको समस्या तुरुन्तै कम हुन्छ ।

-चोकर सहितको आटाको रोटी खानाले पनि एसिडिटी तथा ग्यास दुवैमा फाइदा गर्छ ।

-एक गिलास उखुको रसलाई तातो बनाएर त्यसमा कागतीको रस र सिले नुन मिसाएर दिनमा कम्तीमा दुई पटक पिउने । यति गरेमा ग्यासको समस्या कम हुन्छ ।

-त्यसबाहेक, सानो चिया चम्चामा थोरै ज्वानो, सिङ्गो जिरा, वीरे नुन, लसुन हालेर मिसाउने र त्यसलाई राम्ररी चपाउनाले पनि पेटमा रहेको ग्यास कम हुने गर्छ ।

प्रतिक्रिया दिनुहोस