मोरङको बेलवारीमा घाँटी थिचेर आफ्नै बावुको हत्या, हत्यामा संग्लग्न छाेरा पक्राउ

मोरङ / मोरङको बेलवारीमा घाँटी थिचेर छाेराले आफ्नै बावुको हत्या गरेका छन् । बेलवारी नगरपालिका-९ डाँगा बजारका ३५ बर्षीय जय बहादुर खत्रीले ८० वर्षीय बावु दल बहादुर खत्रीको घाँटी थिचेर हत्या गरेका हुन् । आफनै बावुको हत्या गरेको अभियोगमा खत्रीलाई प्रहरीले पक्राउ गरेको छ ।

बुधवार राती साँढे १० बजेको समयमा खत्रीले आफ्नै बावु घाँटी थिचेर हत्या गरेको भन्ने खबर प्राप्त भएसंगै ईलाका प्रहरी कार्यालय बेलवारीबाट खटिएको प्रहरी टोलीले खत्रीलाई पक्राउ गरेको हो । मादक पदार्थ सेवन गरेर आएका खत्रीले घरायशी बिषयमा बिवाद गरेको र बिवादकै क्रममा घाँटी थिच्दा दल बहादुरको घटनास्थलमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलवारीले जानकारी दिएकाे छ ।

यो पनि पढ्नुहोस्;
पेटमा पोल्नु एक सामान्य समस्या हो तर यो बारम्बार हुनाले यसले समस्यालाई झन् बढी बढाउने गर्दछ । एक विशेषज्ञअनुसार पेट पोल्नुलाई एसिडिटी भनेर भन्ने गरिन्छ । सामान्य रुपमा यो छातीमा हुने गर्दछ । पाचनको समयमा निक्लने अम्लको कारण यस्तो हुने गर्दछ । ज्यादै तेलमा तारिएको खाना खानाले यस्तो समसया हुने गर्दछ ।

यस्तो खाना ढिलो पच्दछ जसले गर्दा यो पेटमा अम्लको रुपमा परिणत हुन्छ । जुन मानिसहरु धेरै मात्रामा चिया,कफी,चुरोट,या रक्सी पिउँदछन् उनीहरुमा यस्तो समस्या विशेषमात्रामा हुने गर्दछ ।गर्भवस्थाको समयमा महिलालाई एसिडिटीको समस्या पनि हुने गर्दछ । सामान्य अवस्थामा यो समस्यालाई निर्मुल पार्न घरेलु उपाय पनि अपनाउन सकिन्छ जुन अत्यन्तै सरल छन् ।

कोरोनाले मानिसको खाने समय र बानी सबै बदल्दिएको छ जसले गर्दा यसले हाम्रो हार्टबोनमा पनि समस्यष ल्याउँदछ । त्यसैले तपाईले पनि यस्तै अनुभव गर्नुभएको छ भने जरुर तपाईले एसिडिटीको उपचार गर्नुहोस् । किनकी हार्टबोनको उपचार पेट पोल्ने समस्याबाट मुक्त पाउनु जरुरी हुन्छ । किनकी हामीले असहनीय पिडा भोग्ने गर्दछौँ । एसिडिटिको आयुर्वेदिक उपचार गर्न पनि सकिन्छ ।

हार्टबोन र एसिडिटीको समस्या एकैपटक हुनाले काफी मात्रामा दुख झेल्नुपर्दछ । एसिडिटीको समस्याबाट मुक्त पाउनु यसकारणले पनि महत्वपूर्ण हुन्छ कि यो पेटको समस्या को रुपमा बन्न जान्छ । जस्तै कब्जियत,ब्लोटिग र पेट दुख्नु कयौँ व्यक्तिहरु धेरै प्रश्नहरु सोध्ने गर्दछन् कि एसिडिटीको समस्याबाट कसरी छुटकारा पाउने, यसको उपाय के छ त ?

त्यसैले हामी यो पोष्टको माध्यमबाट हार्टबोन र एसिडिटीको समस्याको सबैभन्दा सजिलो उपाय बताउँनेछौँ । यसको प्रभावले तपाई एसिडिटी र छाती पोल्ने समस्याबाट आराम पाउन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस