जन्मजात धनवान हुन्छन यी ३ राशि

तपाईलाइपनि अनौठो लागेको हुनुपर्छ कसैले कलिलै उमेरमा ह्वात्तै पैसा कमाउन थाल्छन् उदाहरणका लागि अशोक दर्जी, सचिन परियाल, कमला घिमेरेहरु हेर्नुहोस् न भाडाकुटी खेल्ने उमेरमा नै पैसा र नाम कमाउन थाले । यो उनीहरुले जन्मिदै लिएर आएको योग हो ज्योतिशी शास्त्र अनुसार मानिसहरुको भविष्यवाणी आफ्नो राशिहरुबाट हुन्छ राशि जन्मिएको समयमा निर्धारित हुन्छ ।

तपाईको जन्म कुन कोखबाट भयो भन्ने हैन कुन समयमा भयो भन्ने प्रमुख कुरा छ । किनभने जन्म, विवाह, मृत्युको लागि पनि राशि आवश्यक हुन्छ । त्यसैले १२ वटा राशिहरु मध्ये यी ३ राशिहरु भएको मानिसहरु चाहि एकदमै भाग्यमानी हुने शास्त्रमा उल्लेख छ । उनीहरुले सानै उमेर देखि नै सुख , शान्ति र धेरै धन आर्जन गर्ने हुन्छन्

कन्या राशि : यो राशि हुने ब्यक्ति अरु राशिहुनेहरु भन्दा बिलकुलै फरक हुन्छन् किनभने उनीहरुसगँ आत्म विश्वास र कठोर परिश्रम र हरेक काम गर्नु पूर्व सोचेरमात्र काम गर्ने भएकाले यस्तो शुभ रहेको छ । जो एकदमै भाग्यमानी हुन्छन् ।

वृष राशि : यो राशि हुने मानिसहरु पनि सधै जीवनमा छिट्टै सफलता हात पार्ने हुन्छन् । किनभने यो राशि हुनेहरु शान्त आफ्नो निर्नयमा अडिग रहने , मेहनती र जस्तो सुकै दुखमा पनि बाच्ने भएकाले यो राशि हुने ब्यक्तिले प्रशस्त धन आर्जन गर्छन्

धनु राशि : यो राशि हुने मानिसहरु पनि अत्यन्तै सालिन स्वभावका मिहेनती हुनाले प्रशस्त धन कमाउने हुन्छन् । किनभने हरेक काम गर्दा नया नया तरिका अपनाएर काम गर्नुको साथै थोरै पैसालाई जम्मा गरेर धेरै बनाउने हुन्छन् ।

यसैगरी ७ वटा बार मध्ये आइतबारको दिन सूर्यको हो भने सोमवारको मुख्य ग्रह चन्द्र हो । मंगलवार मंगलको प्रभाव हुन्छ भने बुधवार बुधको । विहीबार वृहस्पति र शुक्रवार शुक्रको प्रभाव सबै भन्दा बढी हुन्छ । शनिवारको कारक ग्रह शनि मानिन्छ ।

ज्योतिषका अनुसार जुन बार जन्मियो त्यो बारको ग्रहको प्रभाव जीवनका सबै पाटामा पर्छ । मान्छेको स्वभाव र भाग्य समेत जन्मबारले निर्धारण गर्ने ज्योतिष शास्त्रीको दावी छ । कस्तो हुन्छ कुन बार जन्मिनको मान्छेको स्वभाव र भाग्य थाहा पाउनुस् ।

आइतबारःपुरुष आइतबार जन्मिने मानिस भाग्यशाली हुन्छन् । उनीहरुको आयु पनि लामो हुन्छ । यस्ता ब्यक्ति कम बोल्ने र कला र शिक्षामा अगाडी हुन्छन् । यो बार जन्मिने ब्यक्तिमा धार्मिक आस्था पनि हुन्छ र घर परिवारका सदस्यलाई खुसी राख्न अधिक प्रयास गर्छन् । तर यिनीहरुलाई २० देखि २२ वर्ष सम्म दुःख हुन्छ । स्त्री आइतबार जन्मिने स्त्री दान(पुण्य गर्ने र बलशाली एवं चतुर हुन्छन् ।

सोमबारःपुरुष सोमबार जन्मिने ब्यक्तिको बोली मिठो हुन्छ । यस्ता ब्यक्तिको जीवनमा सुख दुख बराबर जस्तै हुन्छ किन भने उनीहरुलाई दुःख सुख उस्तै उस्तै लाग्छ । सोमबार जन्मिने ब्यकेति विद्वान, कला कुशल र बहादुर पनि हुन्छन् ।

सोमबार जन्मिने ब्यक्तिलाई श्वास प्रश्वासको रोग हुन सक्छ यस्ता ब्यक्तिलाई ९, १२, २७ वर्षमा कष्ट हुन्छ । स्त्री सोमबार जन्म भएका महिला सुन्दर हुन्छन् । यस्ता महिलामा मिठो बोली र शान्ति प्रिय र पुत्रवति हुन्छन् ।

मंगलबारःपुरुष मंगलबार जन्म हुने ब्यक्ति सामान्यतया धनी हुन्छन् । यस्ता ब्यक्तिको स्वभाव उग्र हुन्छ । यसै कारण उनीहरुसँग मानिसहरु वेखुसी हुन्छन् । यिनीहरुलाई छाला सम्बन्धी रोग हुन सक्छ ।

दुख र सुख आउने जाने भैरहन्छ । स्त्री ज्योतिषका अनुसार मंगलवार जन्म भएका स्त्री कठोर हृदयका हुन्छन् यस्ता स्त्रीमा दया माया कम हुन्छ । यस्ता स्त्री दुब्ला पातला र झगडालु समेत हुन्छन् ।

बुधबारःपुरुष बुधबार जन्मिने ब्यक्ति धर्मकर्ममा मन भएका हुन्छन् । यिनीहरुको बोलीमा मिठास हुन्छन् । यिनीहरुको ८ र २२ वर्षको उमेरमा कष्ट पाउने योग हुन्छ । स्त्री बुधाबार जन्मिने स्त्री कुनै विशेष क्षेत्रमा रुचि राख्ने र विशेषज्ञता हासिल गर्ने हुन्छतन् । सरस्वतीको विशेष कृपा हुने हुँदा यिनीहरु सुन्दर र शुसील पनि हुन्छन् ।

विहीबारःपुरुष विहीबार जन्मिने पुरुष विद्वान र पराक्रमी हुन्छन् । यिनीहरुले जीवनमा धेरै उतार चढाव र समस्या झेल्नु पर्ने हुन्छ । तर पनि साहसी हुन्छन् । यिनीहरुसँग संगत हुनेहरु खुसी हुन्छन् । विहीबार जन्मिनेहरुलाई ७, १२, १३, १६ र ३० वर्षमा संकट पर्छ । स्त्री जुन स्त्रीको विहीबार जन्म हुन्छ त्यस्ता महिला उच्च शिक्षा हासिल गर्ने र सर्वगुणी हुन्छन् ।

शुक्रबार : पुरुष शुक्रबार जन्मिने ब्यक्ति हँसिलो स्वभावका हुन्छन् । बुद्दीमान र मृदुभाषी यिनीहरुको स्वभाव हो । यिनीहरु सहनशिल पनि हुन्छन् ।

यिनीहरु शौखिन हुन्छन् र २० र २४ वर्षको उमेरमा कष्ट हुन्छ । स्त्री कुनै पनि स्त्री शुक्रबार जन्मेकी छे भने उसको श्वभाव चंचल हुन्छ । यस्ता स्त्री मस्ती मजाक गर्छन् । परिवार र समाजमा विशेष इज्जत हुन्छ । केही काला रंगका भएपनि सुन्दर हुन्छन् ।

शनिबारःपुरुष जुन ब्यक्तिको जन्म शनिबार हुन्छ उनीहरु कृषि ब्यावार वा प्रविधीको क्षेत्रमा रुची राख्छन् । यिनीहरुका लागि बाल्यकाल कष्टपूर्ण हुन सक्छ ।

भाइ बहिनी वा दाइ दिदीबठ्ठ सन्तुष्टी मिल्दैन । यिनीहरुलाई २० र २५ वा ४५ वर्षमा कष्ट हुन्छ । स्त्री शनिबार जन्मिने स्त्री दुबली पातली हुन्छन् तर अग्ला । सामान्यतया यस्ता स्त्री कालो वर्णका हुन्छन । यस्ता महिला अरुका कुरा काट्ने पनि हुन् सक्छन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस