राज्य जोगाउन पुरुष बनेकी दक्षिण भारतीय रानीको कथा, हेर्नुहोस् युट्युबमा

भारतमा पृथ्वीराज चौहानदेखि बाजिराओ पेश्वाजस्ता वीर पुरुषका जीवनमा आधारित थुप्रै फिल्म र टेलिश्रृंखला बनेका छन्। जब वीर महिलाहरूको कुरा आउँछ तब भारतीय फिल्महरूले झाँसीकी रानी, अर्थात् रानी लक्ष्मीबाइलाई मात्रै धेरै स्थान दिएको पाइन्छ।

तर भारतीय इतिहासमा थुप्रै वीरंगनाले जन्म लिएका थिए। यिनैमध्ये एक हुन् रूद्रमादेवी।उनी काकातीय वंशकी रानी थिइन्। यो वंशले दक्षिण भारतमा १२ औं शताब्दीदेखि १४ औं शताब्दीसम्म शासन गरेको थियो। १३ औं शताब्दीमा भारत भ्रमण गरेका मार्को पोलोले समेत रूद्रमादेवीका बारेमा वर्णन गरेका थिए।

काकातीय वंशको शासन क्षेत्र अहिले तेलंगना आन्ध्र प्रदेशदेखि कर्नाटक र उरीसम्म फैलिएको थियो। त्यति बेला उत्तरी भारतमा यदावश वंशको शासन थियो। यदावश वंशको आक्रमणबाट काकातीय वंशलाई जोगाउनमा रूद्रमादेवीको ठूलो हात रहेको इतिहास छ।

रूद्रमादेवीको निधनपछि १४ औं शताब्दीमा आएर अलाउद्दिन खिलजीले काकातीय वंशमाथि शासन गर्न सफल भएका थिए।भारतमा कुनै वंशको उत्तराधिकारी भएर शासन गर्ने धेरै कम महिलामध्ये एक हुन् रूद्रमादेवी। त्यसैले पनि दक्षिण भारतीय इतिहासले उनलाई विशेष स्थान दिएको पाइन्छ।

उनै रानीको जीवनमा आधारित फिल्म हो रूद्रमादेवी।

तेलेगु भाषामा बनेको यो फिल्ममा रूद्रमादेवीको भूमिकामा दक्षिण भारतकी सुपरस्टार मानिने अनुष्का शेट्टी छन्।फिल्म काकातीय वंशका राजा गणपतिको तेलेंगना राज्यको राजधानी सहरका ओरूगल्लामा राज गर्दाको समयबाट सुरू हुन्छ। राजा गणपतिलाई राजकाजमा दुइटा चुनौती हुन्छ।

एउटा देवगिरिका सम्राट सिंघनाबाट। उनी काकातीय वंश समाप्त गरेर आफ्ना नातिलाई राजा बनाउन चाहन्छन्।

प्रतिक्रिया दिनुहोस