आज देखि त्रिभुवन विमानस्थलमा लागु भयो नयाँ नियम, कर्मचारीलाइ पनि आयो कडा आदेश

काठमाडौं :

त्रिभुवन विमानस्थल अध्यागमनका कर्मचारीले कार्यालय समयमा मोबाइल चलाउन नपाउने भएका छन् । त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले शुक्रबार एक सूचना जारी गर्दै अराइभल कक्ष र डिपार्चर कक्षमा खटिएका कर्मचारीलाई कार्यालय समयमा ल्यान्डलाइन र अफिसियल मोबाइल मात्र प्रयोग गर्न निर्देशन दिएको छ ।

मोबाइल चलाएको या नचलाएकोबारे अध्यागमन अधिकृतले अनुगमन गर्नुपर्ने र मोबाइलको व्यक्तिगत प्रयोगको मात्रालाई नियन्त्रण तथा नियमन गर्नुपर्ने सूचनामा उल्लेख छ ।

अत्यावश्यक काम परेको अवस्थामा भने वरिष्ठ अध्यागमन अधिकृतलाई जानकारी गराएर फोन गर्न पाइने छ । कर्मचारीले सम्पूर्ण व्यक्तिगत मोबाइल आफ्नो लकरमा राख्न विभागले निर्देशन दिएको छ ।

यो पनि : छानबिन समितिले यात्रुलाई भन्याे- चार्टर उडानमा बढी भाडा तिरेकाे कागजातसहित निवेदन दिनुस

महामारीको समयमा खाडी मुलुकमा काम गर्ने नेपाली श्रमिकको हवाई उद्धार गर्न गरिएको चार्टर उडानमा ताेकिएकाे भन्दा बढी भाडा लिएकाे विषयमा पर्यटनमन्त्री प्रेम आलेले गठन गरेकाे छानबिन समितिले काम सुरु गरेकाे छ ।

मन्त्रालयका सहसचिव होमप्रसाद लुइँटेलको संयोजकत्वमा गठिन तीन सदस्यीय छानबिन समितिले यात्रु चार्टर उडानमा तोकिएकोभन्दा बढी भाडा तिर्न बाध्य भई मर्का परेका व्यक्तिले आधिकारिक कागजातसहित सात दिनभित्र इमेलमार्फत निवेदन दिन अनुरोध गरेको हाे ।

काेराेनाकाे पहिलाे चरणमा लकडाउनका बखत अलपत्र परेका व्यक्तिलाई स्वदेश फकार्उन सहजीकरण गर्ने क्रममा अन्तर्राष्ट्रिय यात्रु चार्टर उडानको व्यवस्था भएको थियो ।

सोपश्चात् यात्रु प्रस्थान हुँदा लाग्ने हवाई भाडा सम्बन्धित एयरलाइन्सबाट नेपाल नागरिक उड्डयन प्राधिकरणमा बुझाएको हवाई भाडाभन्दा बढी लिएको भनी प्राप्त भएका विभिन्न गुनासोका आधारमा गुनासोको सम्बोधन गरी छानबिन गर्न मन्त्रालयले हवाई भाडा दर छानबिन समिति, २०७८ गठन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस