ढिला विद्यालय आएको कारण फर्काइएकि किशोरीले गरिन आ’त्मह’त्या, म’र्नु अघि बुबासँग गरेकी थिईन् यस्तो कुरा

काठमाडौ । निर्धारित समय भन्दा केही ढिलो विद्यालय पुग्दा शिक्षकले कक्षा कोठामा प्रवेश गर्न नदिएपछि एक जना कक्षा ८ मा पढ्ने किशोरीले दे’ह त्याग ग’रे’की छन् । ओखलढुंगाको बालाज्योती माविमा कक्षा ८ मा पढ्ने किशोरीले यस्तो निर्णय गरेकी हुन् । ओखलढुंगा चम्पादेवी गाउँपालिका ३ चित्रेकी विमला वोगटी मृ त फेला परेकी छन् । मा विद्यालय केही ढिला पुगेको भनेर

सोमवार विहान विद्यालय ढिलो पुगेपछि उनलाई विद्यालय प्रशासनले गा’ली ग’रेर गेट बाहिर निकालिदिएका थिए । अरु केही विद्यार्थी पनि ढिलो पुगेका थिए । गेटमा रोकिएका अरु सबैले केही न केही बहाना बनाए । तर विमलाले केही बहाना पाइनन् । त्यसपछि उनलाई गेटवाट बाहिर निकालियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजु बुढाथोकी पनि कर्मचारीको यस्तो ब्यवहारमा सं’लग्न भए । उनले पनि विमलालाई थ’र्का’ए ।

विद्यालयमा त्यस्तो घटना भएपछि निकै दुखी हुँदै घर फर्किएकी विमला वि ष से’व’न गरेको परिवारका सदस्यले बताएका छन् । उनलाई तत्काल अस्पताल लगिएको थियो । तर पनि बाँच्न सफल भइनन् । विद्यालयवाट फर्किएपछि घरमा पनि किन फर्किइस् भनेर बुवाले सोध्दा आफुलाई ढिलो गएका कारण गेटवाटै फर्काइदिएको बताएकी थिइन् ।

घटना पछि नेकपा एकीकृत समाजवादीको विद्यार्थी संगठन अनेरास्ववियुकी महासचिव आरती लामाले बुधबार विज्ञप्ति जारी गरी दो’षीलाई कारबाही गर्न माग गरेकी छन्।

‘२०७८ पौष ५ गते ओखलढुंगा जिल्ला चम्पादेवी गाउँपालिका वडा नं। ३ स्थित बालाज्योति माध्यामिक विद्यालय चित्रे कक्षा ८ मा अध्ययनरत छात्रा विमला बोगटी विद्यालय जाने क्रममा केही ढिलो भएको र विद्यालय प्रवेश गर्न खोज्दा विद्यालय प्रशासनले गेटभित्र छिर्न नदिएको र पछि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं विद्यालय प्रशासनले विमलालाई ध’म्की’पूर्ण गा’लीग’लौज गरी रे’स्टि’केट गर्नेसम्म ध’म्की दिँदै विद्यालय अध्ययन गर्न नदिएकाले उक्त ध’म्की’पूर्ण व्यवहारको त्रा’सले पीडित भई विमलाले वि’ष’ से’व’न गरिन्’, लामो विज्ञप्तिमा लेखेकी छन्,
‘वि’ष से’व’न ग’रेपछि उपचारका लागि सामुदायिक मिसन अस्पताल ओखलढुंगा लगियो र उपचारको क्रममा विमलाको पौष ६ गते सामुदायिक मिसन अस्पताल सोब्रु ओखलढुंगामा निधन भएको छ। यस घटनाप्रति हाम्रो संगठनको गम्भीर ध्यानाकर्षण भएको छ, घटनाको अध्ययन गर्दा विमलाको ह’त्या भ’ए’को अनुमान गर्न सकिन्छ। तसर्थ यो घटनाको अनुसन्धान र दोषीउपर क’डाभन्दा क’डा कारबाहीको जोडदार माग गर्दछु।’

यसैबीच घटना अनुसन्धानका लागि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकलाई प्रहरीले जिल्ला प्रहरी कार्यालय (ओखलढुंगा) लगेको छ।

प्रतिक्रिया दिनुहोस