माघ मसान्त भित्र ५० हजार कमाउन चाहानु हन्छ भने यो सूचना पढ्नुहोला

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले “नास्ट गान” लेखनको लागि आव्हान गरेको छ । नाष्टले सूचना जारी गर्दै “नाष्ट गान” तयार गरी पेस गर्न आव्हान गरेको हो ।

सूचनामा भनिएकको छ, ‘नास्टको काम कर्तव्य, भूमिका, विज्ञान प्रविधि एंव नव प्रवर्तन सम्बन्धी र यस मार्फत देशको समृद्धि पूर्णभाव प्रस्फूटन हुने गरी “नास्ट गान” नेपाली भाषमा तयार गर्नु पर्ने भएकोले इच्छुक सर्जकहरुलाई ६० शब्दमा नबढाई मिति २०७८ माघ मसान्त भित्र तयार गरी तल फोटोमा भएको इमेलमा पठाउन हुन नास्ट हार्दिक आव्हान गर्दछ ।’

छनौट हुने सर्वोत्कृष्ट “नास्ट गान”लाई ५० हजार पुरस्कार प्रदान गरिने नास्टले बताएको छ । तर नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले अनुसन्धानको सट्टा गीत लेखनका लागि सूचना निकालेको भन्दै प्राज्ञहरुले आपत्ति जनाएका छन् ।

वैज्ञानिक संस्थामा खोज तथा अनुसन्धानका काम नगरी नास्ट गीत लेखनतिर लागेको भन्दै उनीहरूले आपत्ति जनाएका हुन् ।

प्रतिक्रिया दिनुहोस