२२६ किलोकी मोटी महिला जसले आफ्नो वजनकै कारण कमाउछिन् लाखौँ पैसा !

धेरै तौल हुनु मानिसको लागि टाउको दुखाईको विषय बन्छ । हिँड्ने, उठ्ने बस्ने जस्ता ठूला समस्याहरु यस्ता मानिसले भोग्दछन् । तर बेलायतकी २२६ किलोकी एक मोटी महिलाका लागि त्यस्तो अप्ठ्यारो केही छैन ।

बेयालतकी २६ वर्षे डेनियल बिर्च बाथरुम छिर्दा वा घरमा छिर्दा समस्यामा पर्ने गरेको बताउछिन् ।उनी आफ्नो यही शारीरीक कठिनाईको भिडियो खिचेर सामाजिक सञ्जालमा पोष्ट गर्छिन् ।

यसरी उनले पोष्ट गर्ने भिडियोबाटै उनले लाखौँ प्रति महिना कमाई गर्ने गरेको द सनले समाचारमा उल्लेख गरेको छ । उनी प्लस साईज भएकी महिलाको दैनिक जीवन कस्तो हुन्छ भनेर पनि लेखिरहेकी हुन्छिन् । उनले यस्तो भिडियोहरुबाट आफ्नो आत्मविस्वास बढेको पनि दावी गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस