भुटानी युवाले गाए नेपाली गीत(भिडियो सहित)

काठमाडौं। भुटानी युवाले नेपाली गीत गाएका छन् । हाल भारतको मुम्बईमा रहेका भुटानका संगीतकार रायनले नेपाली गीत गाएका हुन् । जसको म्युजिक भिडियो उनले आफ्नै यूटुब च्यानल Ryhaan G बाट सार्वजनिक समेत गरेका छन् ।

आफ्नै शब्द, संगित र स्वरमा तयार गरिएको बिरानो शहरमा बोलको उनको गीतमा टिनेजर यूवायूवतीको प्रेम र बिछोडको मनोबैज्ञानीक अवस्थालाई व्यक्त गरिएको छ ।
गीतको म्युजीक भिडियोमा काठमाडौंको बिभिन्न स्थानलाई पनि देखाईएको छ ।

सानैदेखि सांगीतिक क्षेत्रमा भुकाव राख्ने रायनले अहिले युटुबमा दर्शकबाट राम्रो प्रशंसा र माया बटुलिरहेका छन् । ‘BHEEJYO SANSAAR’ मा ८ वटा गीत रहेको रायनले बताए । उनको यो पहिलो नेपाली एल्बम हो ।

अहिले एउटा मात्रै गीत सार्वजनिक गरिएको जानकारी दिदैँ उनले भने, “छिट्टै अरु गीत पनि दर्शक श्रोता माझ लिएर आउने छु ।” उनको यूटुब च्यानलमा अन्य गीतहरु समेत हेर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस