काठमाडौंको तार्केश्वरमा घट्यो अचम्मको घटना ! २९ वर्षीय तामाङ युवकले के गरे ?

प्रहरीलाई खु’कु’री प्र’हा’र ग’र्ने युवक जेल चलान भएका छन्। प्रहरीलाई खु’कु’री प्र’हा’र ग’रे’को आरोपमा पक्राउ परेका रामेछापको मन्थली लिखु गाउँपालिकाका २९ वर्षीय शनि तामाङ पुर्पक्षका लागि जेल चलान भएका हुन्।

उनलाई काठमाडौं जिल्ला अदालतले बुधबार पुर्पक्षका लागि जेल चलानको आदेश दिएको हो। पुस १० गते राति पौन १ बजेतिर तार्केश्वर नगरपालिका–८ शेषमती लामबगर नजिक दोलखाको चरिकोट गाउँपालिका–१ घर भई काठमाडौं बस्दै आएका २८ वर्षीय सुवास तामाङसँग शनिको सामान्य विवाद भएको थियो। विवाद हुँदा शनिले सुवासलाई खु’कु’री प्र’हा’र गरी फरार भएका थिए।

महानगरीय प्रहरी प्रभाग धर्मस्थलीमा कार्यरत सई पदम अवस्थीको टोलीले उनलाई पक्राउ गर्न ल’खे’ट्दै जाँदा प्रहरीमाथि नै खु’कु’री प्र’हा’र भएको थियो। सई अवस्थी खु’कु’री प्र’हा’रबाट आफू घाइते हुँदा पनि शनिलाई पक्राउ गर्न सफल भएका थिए।

प्रतिक्रिया दिनुहोस