सम्बन्धविच्छेद गरेर बसेका ऋतिक रोशनले सार्वजनिक गरे नयाँ प्रेमिका (भिडियो सहित)

बलिउड अभिनेता ऋतिक रोशनले आफ्नो पर्सनल लाइफलाई सधैं लो प्रोफाइल राखेका छन् तर उनी यति ठूला स्टार हुन् कि उनले आफ्नो व्यक्तिगत जीवनलाई लामो समयसम्म गोप्य राख्न सक्दैनन् । ऋतिक रोशन र सुजैन खान आपसी सहमतिमा अलग भए पनि दुवैले आफ्ना सन्तानको लागि अभिभावकको कर्तव्य निर्वाह गर्छन् ।

बलिउड हंगामाले अब ऋतिकको व्यक्तिगत जीवनमा विशेष स्कूप पाएको छ। पछिल्ला केही दिनदेखि ऋतिक एक युवतीसँग हात मिलाएर देखिएका छन् । यो देखेर ऋतिक रोशनको जीवनमा नयाँ युवती पनि आएको बताइन्छ ।

अभिनेता ऋतिक रोशन शुक्रबार (जनवरी २८) राति मुम्बईको एक रेस्टुरेन्ट बाहिर देखिए। उनी रेस्टुरेन्टबाट बाहिर निस्कँदा सँगै एक जना युवती पनि देखिइन्। ऋतिकले ती युवतीको हात समातेर आफ्नो कार भित्र बसाइरहेका थिए। यस क्रममा अभिनेता ऋाितकसँगै ती केटीले पनि अनुहारमा मास्क लगाएकी थिइन्, जसले गर्दा यो केटी को हो भनेर कसैले थाहा पाउन सकेनन्।

ऋतिकका एक नजिकका साथीले नाम न छाप्ने सर्तमा भने, ‘ऋतिक आफ्नो व्यक्तिगत जीवनलाई गोप्य राख्न रुचाउँछन् । उनी केही समयदेखि अभिनेत्री सबा आजादसँग देखिएका थिए र अब अन्ततः ऋतिकले सबासँगको सम्बन्ध सार्वजनिक गरेका छन् । यी दुईबीचको सम्बन्ध विस्तारै सुमधुर बन्दै गएको छ ।

चाखलाग्दो कुरा के छ भने, ऋतिक र उनकी पूर्व पत्नी सुजैन खान सम्बन्धविच्छेद पछि आ-आफ्नो जीवनमा अघि बढेका छन्। सुजैन अर्सलान गोनीसँग खुसी छिन् भने अब ऋतिकको जीवनमा साबा पनि आएकी छिन् । यस सन्दर्भमा, स्रोतले भन्यो, “यो वास्तविक परिपक्वता हो। ऋतिक र सुजैन दुवैले एकअर्कालाई सम्मान गर्छन् र दुवै बच्चाको आमाबुवा बन्न जारी राख्छन्। तर, दुवै आफ्नो व्यक्तिगत जीवनमा अघि बढेका छन् ।

कतिपय प्रयोगकर्ताहरूले यो केटीलाई अभिनेताले डेट गरिरहेको हुनसक्ने अनुमान पनि गरेका छन्।भिडिओ हेरेपछि एक सामाजिक सञ्जाल प्रयोगकर्ताले टिप्पणी गरेका छन्, ‘ऋतिक फेरि डेट गर्दै छन्?’ अर्का सामाजिक सञ्जाल प्रयोगकर्ताले लेखेका छन्, ‘यो को हो?अर्काले पनि सोधेका छन्, ‘ऋतिक सरसँगकी ती युवती को हुन्?’​

हेर्नुहोस् ऋतिकले हात समाएर कारमा चढाएकी युवतीको भिडिओ

प्रतिक्रिया दिनुहोस