४ हात ४ खुट्टा भएको शिशु जन्मिएपछि महिलामाथी पशुसँग शंका,केहीमा भगवान भएको विश्वास

काठमाडौं । एक आमाले अनौठो बच्चा जन्माएकी छिन् । ४ हात ४ खुट्टा भएको शिशुको जन्म भएको हो ।भारत, बिहारको कटिहारबाट एउटा अचम्मको खबर बाहिर आएको छ । त्यहाँ ४ वटा हात र ४ खुट्टा भएको अनौठो बच्चाको जन्म भएको छ ।

बालकको जन्मबारे खबर फैलिने बित्तिकै अस्पतालमा वरपरका मानिसहरुको भीड जम्मा भएको थियो । सबैले यो बच्चालाई एक पटक हेर्न चाहन्थे ।

कटिहार सदर अस्पतालमा महिलाले ४ हात र ४ खुट्टा भएको बच्चालाई जन्म दिएकी छन् । अहिले धेरैले यो बच्चालाई प्रकृतिको चमत्कार भनेका छन्, धेरैले यसलाई भगवानको अवतार भनेका छन् ।

केहीले भने जन्मदिने आमाप्रति पशुसँग शंका गर्न समेत भ्याएका छन् । अहिले यो बच्चाको तस्विर सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ ।

बालकको खबर वरपर फैलिएपछि अस्पतालमा दर्शकको भीड जम्मा भएको थियो । बच्चाको बारेमा डाक्टरले पनि बयान दिएका छन् । यो बालकको बारेमा अस्पतालका डाक्टरले यो बालक शारीरिक रुपमा अपाङ्ग भएको र असामान्य रहेको बताए ।

यससँगै उनीहरुले यो बच्चालाई चमत्कार भन्न नहुने बताए । तसर्थ पश्चिम बङ्गालबाट आएका बालकका बुबाले बच्चा जन्मनुअघि नै परीक्षण गरिएको बताए । अल्ट्रासाउन्ड पनि गरिएको थियो तर डाक्टरले परीक्षण रिपोर्टमा बच्चा ठिक रहेको बताएका थिए ।

तर अहिले बच्चा जन्मिएपछि चर्चाको विषय बनेको छ । सुत्केरीको पीडा भएपछि सुत्केरीलाई कटिहारको सदर अस्पतालमा भर्ना गरिएको बताइएको छ । भर्ना भएपछि महिलाले यी अनौठो सन्तानलाई जन्म दिएकी छन् । बच्चा पूर्ण रुपमा स्वस्थ रहेको चिकित्सकले बताएका छन् ।

उनी भन्छन्, ‘यो अद्भुत वा अनौठो छैन । चिकित्सा विज्ञानमा यसअघि पनि यस्तो भएको थियो ।’ यसअघि बिहारको गोपालमा पनि यस्तै घटना बाहिर आएको थियो । त्यहाँ एक महिलाले तीन हात र तीन खुट्टा भएको बच्चालाई जन्म दिएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस