को’रोना लागेका दम्पतीले धुवाँको गन्ध थाहा नपाउँदा घर ज’लेर खरानी

टेक्सास : को-रोनाको उपचारार्थ एक दम्पतीले धुवाँको ग’न्ध थाहा नपाउँदा आफ्नै घर ज’लेर खरानी भएको हेर्नु परेको छ । घर मै को-रोनाको उपचार गरिरहेका सो दम्पतीले घरमा आँ’ग लागी हुँदा पनि धुँवाको ग’न्ध थाहा नपाउँदा सो अवस्था व्यहोर्नु परेको हो। सो घटना अमेरिकी राज्य टेक्सास स्थित एल्भर्ड टाउनको हो। गएको आइतबार श्रीमती कायला र श्रीमान नाथन डाहल राति आफ्नै घरमा सुतिरहेको समयमा सो घटना भएको हो।

घटना हुने समयमा डेढ वर्षे बालक ब्रान्डन डाहल सो दम्पती सुतिरहेको ओछ्यानमा बामे सर्दै पुगेका थिए। तोते बोलीमा ‘मम्मा तातो’ भन्दै आफ्ना आमाबुबा छेउँ पुगेका ती बालकले सपरिवार स’खाप हुनबाट जोगाएको वासिङ्टन पोष्टमा खबर छ । भा’गेर अन्य सन्तान सहित आफ्नो ज्या’न जो’गाउन सफल भए पनि सो दम्पतीले आफ्नो एक तले घर भने जोगाउन सफल भएनन्।

पाँच सन्तान सहित हाल सो परिवार आफन्तको घरमा बसोबास गरिरहेको बताइएको छ । सो दम्पतीमा गएको शुक्रबार मात्र को-भिड १९ संक्रमण पुष्टि भएको थियो । को-भिड १९ ले थला परेको सो दम्पतीले घरमै उपचार गराइरहेको थियो । को-भिडका कारण स्वाद, गन्ध र वास्ना थाहा नपाएका कारण सो दम्पतीले आफ्नो घर नै गुमाउनु परेको बताइएको छ।

‘सुरुमा मैले बुझे, छोराले लुगा फुकाल्न भनिरहेको होला। तर उसले घर ज’लिरहेकोबारे भन्न खोजिरहेको छ भन्ने कुरा एकछिन पछि मात्र थाहा भयो’ २८ वर्षीय कायलाले वासिङ्टन पोष्टसँग भनेकी छन्, ‘हामी को-भिडबाट निको भइरहेका थियौं। दुवैले स्वाद र गन्ध केही थापा नपाउने अवस्थामा थियौं। जसका कारण घर गुम्यो। तर छोराको कारण हामीले आफ्नो ज्या’न भने जो’गाउन सफल भयौं।’

प्रतिक्रिया दिनुहोस